१७ माघ २०८२

राष्ट्रिय

उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन

परासी, २६ भदौ  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको...बाँकी अंश →


पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर

पोर्चुगल, २६ भदौ    युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् । ती नेपाली युवा खेलाडीमा मात्र सिमित छैन, विदेशीका कराँतेगुरु पनि बन्न सफल भएका हुन् । उनले विदेशीलाई कराँते सिकाउँछन् । पश्चिम नेपालको पूर्वी रुकुम, पुथा...बाँकी अंश →


पीडित महिला र बालिकाका लागि एबिसी नेपाल

विराटनगर, २५ भदौ  हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय सामाजिक संस्था एबिसी नेपालले हेरचाह गर्दै आएको छ । उक्त संस्थामा घरेलु हिंसामा परेकालाई मात्र सहयोग एवं संरक्षण गर्ने गरिएको संस्थाका अध्यक्ष विष्णु शर्मा पन्तले बताउनुभयो । उहाँले घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार÷करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन...बाँकी अंश →


पर्यटकको पर्खाइमा घुरुङखाँ मैदान गाउँ

स्याङ्जा, २५ भदौ  पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् । पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नै गाउँघरमा...बाँकी अंश →


न्यायिक समितिमा न्यून उजुरी

रुकुमपूर्व, २५ भदौ    जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरिए पनि न्यून उजुरी पर्ने गरेका छन् । अझै पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहेको पाइएको छ । नगरपालिकामा नगर उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील...बाँकी अंश →


काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल

दमौली, २५ भदौ  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो । “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई...बाँकी अंश →


चाप बढेपछि अस्पतालबाट बिरामी फर्कदै

रुपन्देही, २५ भदौ    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् ।...बाँकी अंश →


नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि

तनहुँ, २५ भदौ    वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ । कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो ।...बाँकी अंश →


नेविसङ्घको महाधिवेशन चाँडो गर्न माग

काठमाडौँ, २५ भदौ  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका हुन् । नेविसङ्घका नेता लिलाबल्लभ दाहालले वर्तमान...बाँकी अंश →


भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ तेस्रो

दमौली, २५ भदौ  गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा...बाँकी अंश →


राष्ट्रपतिसँग आइरिस सभामुखको भेट

काठमाडौँ, २४ भदौ  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेल ९ क्भबल इ ँभबचनजबष्०ि ले आज शिष्टाचार भेटघाट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उक्त...बाँकी अंश →


अब अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुरअनुसारको हिरासत कक्ष

काठमाडौँ, २४ भदौ    प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter