काठमाडौँ, २५ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा ‘समृद्ध नेपाल सुखी नेपाली’भन्ने नेपाल सरकारको नारा सफल बनाउन कोरियाको सहयोग आवश्यक भएको बताउनुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले दुवै देशबीच जनस्तरको सम्पर्क र व्यापार...बाँकी अंश →
काठमाडौँ, २५ जेठ ९रासस० ः डेढ वर्षदेखि विवादित सेवा शुल्क वितरण सम्बन्धमा होटल रेष्टुराँ सञ्चालक र मजदूरबीच आज १९ बुँदे सम्झौता भएको छ । होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा भएको उक्त विवाद दुबै पक्षबीचको सम्झौतापछि टुङ्गिएको हो । नयाँ सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ । विधान तथा संगठन मस्यौदा समितिको बैठकमा दुवै संगठनको एकीकरण भएपछि निर्माण हुने नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र शक्ति सन्तुलनको सिद्धान्तमा आधारित लोकतान्त्रिक संगठन...बाँकी अंश →
काठमाडौँ, २५ जेठ ९रासस० ः नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताउनुभएको छ । ललितपुरस्थित मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीले ज्ञापनपत्र बुझाउने क्रममा उहाँले भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे चीन सरकारसँग पहल गर्ने बताउनुभएको हो । चीनसँगको व्यापार व्यवसाय...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरुलाई बोलाई उहाँले नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः नेपालमा जातीय छुवाछूत कानूनमा हटेको लामै समय भयो तर व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन । सामाजिक तथा सांस्कृतिक परिवेशका कारण पनि एकैपटक विभेद् हट्न सक्दैन पनि । त्यसका लागि ठूलै परिवर्तनको जरुरी पर्दछ । संविधानले त जातीय विभेद्लाई दण्डनीय अपराध नै मानेको छ...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस)ः सञ्चार क्षेत्रको विकासका लागि अहिले विनियोजित बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ बजेटमा सञ्चार क्षेत्र’ विषयक छलफल कार्यक्रममा सञ्चार क्षेत्रमा विगतभन्दा धेरै बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गरेर सञ्चारको विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भन्नुभयो । उक्त...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन । लामो छलफल र रस्साकसीपछि...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।...बाँकी अंश →
काठमाडौँ, २५ जेठ (रासस) ः विश्व रक्तदाता दिवसका अवसरमा रक्तदानसम्बन्धी जनचेतनामूलक जानकारी दिने उद्देश्यले आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । ब्लड डोनर्स एशोसिएशन, नेपालको मुख्य आयोजनामा विभिन्न संघसंस्थाको संमन्वयमा आजदेखि यही जेठ ३१ गतेसम्म रक्तदानसम्बन्धी विभिन्न कार्यक्रम हुँदैछ । प्रत्येक वर्ष जुन १४ मा पर्ने उक्त दिवसका सन्दर्भमा रक्तदानसम्बन्धी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: