
बाह्रबिसे, सिन्धुपाल्चोक, ३० जेठ (रासस)ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताउनुभयो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्रको आज हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण पनि छिट्टै सम्पन्न गर्ने बताउनुभयो...बाँकी अंश →
काठमाडौँ, ३० जेठ (रासस) ः सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लाको जिल्ला...बाँकी अंश →

काठमाडौँ, ३० जेठ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन...बाँकी अंश →

काठमाडौँ, ३० जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’,...बाँकी अंश →

काठमाडौँ, ३० जेठ नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ पदयात्रा गरिएको छ । नयाँ बानेश्वर नजिकबाट शुरु भएको सो पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर समापन गरिएको सो पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्नुभएको थियो । पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज...बाँकी अंश →
काठमाडौँ, ३० जेठ ९रासस० ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले तालीमपश्चात् कर्मचारीलाई मुलुकको अवस्था बुझ्न देशका विभिन्न ठाउँमा खटाएको छ । संघीयता कार्यान्वयनसँगै मुलुकको प्रशासनिक कार्यबारे जानकारी दिनका लागि कर्मचारीलाई विभिन्न ५० जिल्लामा २१७ शाखा अधिकृतलाई दुई महिनाको प्रयोगात्मक अभ्यासका लागि खटाइएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले जानकारी गराउनुभयो । लोकसेवा...बाँकी अंश →
काठमाडौँ, ३० जेठ (रासस) ः प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७५ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि छलफल भइरहेको छ । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भरतकुमार शाहले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिए पनि कूल बजेटको ३ प्रतिशत पनि...बाँकी अंश →
काठमाडौँ, ३० जेठ (रासस)ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीलाई सार्वजनिक सेवा प्रवाहकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको बताउनुभयो । उहाँका अनुसार सबै कर्मचारी तोकिएको समयमा कार्यालयमा रहन,...बाँकी अंश →
काठमाडौँ, ३० जेठ (रासस) ः प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिनुभयो । सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२...बाँकी अंश →
काठमाडौँ, ३० जेठ (रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उहाँले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान...बाँकी अंश →
चितवन, ३० जेठ (रासस) ः भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ । अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ ।...बाँकी अंश →

इनरुवा, ३० जेठ (रासस) ः नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्नहुँदै नेता गच्छदारले विकासका लागि सुशासन र पारदर्शिता आवश्यक पर्दछ भन्नुभयो । नेता गच्छदारले काँग्रेसको नेतृत्वको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: