१८ माघ २०८२

राष्ट्रिय

राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थागित

काठमाडौँ, २२ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद...बाँकी अंश →


इटहरीको बजेट रु एक अर्ब ५० करोड

इटहरी, २२ असार (रासस) ः इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी...बाँकी अंश →


पाँच एआइजीद्वारा राजीनामा

काठमाडौँ, २१ असार (रासस) ः सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन् । राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको हो ।...बाँकी अंश →


न्यायालयप्रति हस्तक्षेप नगर्न आग्रह

काठमाडौँ, २१ असार (रासस) ः नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ । बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने कार्य दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने जनाई न्याय सम्पादनमा कुनै...बाँकी अंश →


सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २१ असार (रासस) ः सर्वोच्च अदालतमा केही सार्वजनिकस्थलमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई आज दायर...बाँकी अंश →


नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, २१ असार (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गर्नुभएको छ । मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग आज भएको टेलिफोन वार्तामा उहाँले उक्त आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ...बाँकी अंश →


नेपालको आधुनिकीकरणमा कोइरालाको योगदान

काठमाडौँ, २१ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा रामशरण महत नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान नेता गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको...बाँकी अंश →


विनियोजन विधेयक, २०७५ माथिको छलफल

काठमाडौँ, २१ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि सांसदहरुले आआफ्नो धारणा राख्नुभएको छ । विनियोजन विधेयक, २०७५ माथिको वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक...बाँकी अंश →


राष्ट्रिय सभामा विनियोजन छलफल शुरु

काठमाडौँ, २१ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर बैठकसमक्ष सुनाउनुभयो । सो पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाबाट हालै पारित भई गएका विभिन्न विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी रहेका छन् । यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०७५...बाँकी अंश →


गरिबी निवारणका लागि रु दश करोड लगानी

नुवाकोट, २१ असार (रासस) ः गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत रु नौ करोड ३६ लाख ९९...बाँकी अंश →


निर्वाचन आचारसंहितापछिका राजनीतिक नियुक्ति खारेज

काठमाडाँै, २० असार (रासस) ः मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय,...बाँकी अंश →


माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, २० असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताउनुभएको छ । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter