१९ माघ २०८२

राष्ट्रिय

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ, २९ असार (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार...बाँकी अंश →


कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो ः अध्यक्ष दाहाल

चितवन, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताउनुभएको छ । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर...बाँकी अंश →


कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतहरु को छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता

२९ असार, काठमाडौं । केयर खबर    कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालका लागि जापानी राजदुत मासामिचि साइगो र जर्मन राजदुत रोलान्ड शेफरले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित...बाँकी अंश →


कृषि विविबाट आठ निजी क्याम्पसलाई सम्बन्धन

चितवन, २९ असार (रासस) ः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक (बिएस...बाँकी अंश →


तीनैतहको सरकारको सहकार्यमा मात्र विकास ः मन्त्री महासेठ

महेन्द्रनगर, धनुषा, २८ असार (रासस) ः भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले स्थानीय सरकारको सहयोग र सहजीकरणबिना विकास निर्माणको काम सम्भव नहुने बताउनुभएको छ । उहाँले कुनै पनि विकास निर्माणको काम स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारको समन्वय र सहकार्यमा गर्नुपर्ने बताउनुभयो । धनुषाकोे क्षीरेश्वरनाथ नगरपालिका–७ हरिहरपुरस्थित...बाँकी अंश →


डा केसीको जीवन रक्षाको माग

काठमाडाँै, २८ असार ९रासस० ः मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको छ । यहाँ आज...बाँकी अंश →


‘कानून निर्माणमा ढिलाइले समस्या’ ः राष्ट्रियसभा अध्यक्ष

फलेवास, पर्वत, २८ असार (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख गरिएका हकहरुको कार्यान्वयनका लागि संघीय सरकारले कानून बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार सञ्चालनमा समस्या भएको बताउनुभएको छ । । पर्वतको मोदी गाउँपालिकास्थित पातिचौर–मैदान–लप्सीबोट सडकको शुभारम्भ कार्यक्रममा तिमिल्सिनाले संघीय सरकारले आवश्यक कानूनको निर्माण गर्न नसक्दा प्रदेश सरकार र...बाँकी अंश →


न्यायाधीश विवाद संवैधानिक इजलाशमा

काठमाडौँ, २८ असार (रासस) ः सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले आज उच्च अदालतलको ८० न्यायाधीशको नियुक्तिका विषयमा गम्भीर संवैधानिक जटिलता देखिएको हुँदा संवैधानिक इजलाशमा...बाँकी अंश →


सहमति फिर्ता लिन कर्मचारी संगठनको माग

काठमाडौँ, २८ असार (रासस) ः निजामती कर्मचारीसंग आवद्ध संघ संगठनहरुले संघीय निजामती सेवा ऐन (विधेयक) सम्बन्धमा अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको १२ बुँदे सहमति फिर्ता लिन माग गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी, नेपाल राष्ट्रिय कर्मचारी...बाँकी अंश →


चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना

काठमाडौँ, २८ असार (रासस)ः असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न...बाँकी अंश →


राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन...बाँकी अंश →


भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

– रमेश गिरी भक्तपुर, २८ असार (रासस) ः अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजाराँै बासिन्दा बिचल्लीमा परेका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter