१९ माघ २०८२

राष्ट्रिय

नेपाल र चीनका विद्यालयबीच सम्बन्ध बढाउनुपर्ने

काठमाडौँ, १ साउन (रासस) ः पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनका विद्यालयबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले नेपाल आएका छन् । दुई शिक्षकसहित २३ विद्यार्थी नेपाल र चीनको विद्यालयबीचको पढाइको सम्बन्ध बढाउनुको साथै नेपालको कला, संस्कृति, रीतिरिवाजका बारेमा अध्ययन गर्न नेपाल आएका हुन् । केही दिनअघि नेपाल आएका उनीहरु...बाँकी अंश →


सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको छः प्रधानमन्त्री ओली

काठमाडौँ, १ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उहाँले भन्नुभयो, “देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकारको छ ।” “संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ,...बाँकी अंश →


जलवायु अनुकूलता बचाइराख्नुपर्नेमा जोड

विराटनगर, १ साउन (रासस) ः प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कृषि उत्पादनमा जलवायुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यसको अनुकूलता बचाइराख्नुपर्ने बताउनुभएको छ । नेपाल जैविक समाजद्वारा आज यहाँ आयोजित ‘समृद्धिको यात्रामा दिगो विकासका लागि शिक्षा, अनुसन्धान र नविनतम प्रविधिको महत्व’ विषयक एक दिने कार्यशाला गोष्ठीमा उहाँले...बाँकी अंश →


गृहमन्त्री र बेलायती तथा कतारी राजदूत भेटवार्ता

काठमाडौँ, १ साउन (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड मोरिससँग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री...बाँकी अंश →


डा केसीको जीवनरक्षाको माग

काठमाडौँ, १ साउन (रासस) ः प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गर्नुभएका केसीलाई कुनै दलसँग जोड्न नहुने बताउनुभयो । उहाँले माथेमा प्रतिवेदनका...बाँकी अंश →


एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप

– रमेश लम्साल काठमाडौँ, १ साउन (रासस) ः आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा...बाँकी अंश →


नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

– प्रकाश सिलवाल काठमाडौँ, १ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग...बाँकी अंश →


आलमका निधनमा शोक प्रस्ताव

काठमाडौँ, १ साउन (रासस) ः राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उहाँ २०७० सालमा तत्कालीन मधेशी जनअधिकार...बाँकी अंश →


दुई लाख ८० हजार घुससहित कपिलवस्तुका जिल्ला शिक्षा प्रमुखरंगेहातपक्राउ

कपिलवस्तु १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुलीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा सोमवार पक्राउ गरको छ ।शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेको हो । पराजुलीले शिक्षक संग घुस मागे पछि उतm कुराअख्तियारमा जानकारी गराइएको थियो ।...बाँकी अंश →


भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी

भक्तपुर, १ साउन (रासस) ः भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा...बाँकी अंश →


नेपाल–भारत जल यातायात सञ्चालनका लागि संस्थागत संरचना गठन गर्न सहमति

काठमाडौँ, ३२ असार (रासस) ः नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ । जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो । वार्तामा प्रधानमन्त्री केपी शर्मा...बाँकी अंश →


निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता

काठमाडाँै, ३२ असार (रासस) ः सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज सरकारले निषेधाज्ञा जारी गर्नु कानूनसम्मत नदेखिएको हुँदा अर्को आदेश नभएसम्मलाई सो आदेशलाई निरन्तरता दिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter