१९ माघ २०८२

राष्ट्रिय

लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह

काठमाडौैँ, ८ साउन (रासस) ः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ...बाँकी अंश →


राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ, ८ साउन ः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । बैठकको शुरुमै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो । काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय...बाँकी अंश →


सम्पत्ति शुद्धीकरणमा जोड

काठमाडौँ, ८ साउन (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको आज यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्छ भन्नुभयो । नेपालमा...बाँकी अंश →


राजपाले छान्यो तीन राज्यमन्त्री

महेन्द्रनगर, धनुषा, ८ साउन (रासस) ः राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउनुभएको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा हुनुहुन्छ । प्रदेश नं २ मा सरकार...बाँकी अंश →


धादिङमा ४.८ रिक्टरको परकम्प

काठमाडौँ, ८ साउन (रासस) ः धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । यसअघि...बाँकी अंश →


निगमको जहाजको परीक्षण उडान

काठमाडौँ, ७ साउन (रासस) ः नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिनुभयो । सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ ।...बाँकी अंश →


बिहीबार कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ

काठमाडौँ, ७ साउन (रासस) ः संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश हुनु भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले मंगलबार उजुरीकर्तासँग...बाँकी अंश →


सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै

काठमाडौँ, ७ साउन (रासस)ः साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले यही साउन ११ र १२ गते राजधानीमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने नारासहित नेपलामा पहिलोपटक हुन लागेकोे उक्त सम्मेलनमा विश्व परिवेशमा साइबर सुरक्षाका...बाँकी अंश →


इतिहास भयो यातायात क्षेत्रको एकाधिकार

काठमाडौँ, ७ साउन (रासस) ः सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ । केही यातायात व्यवसायीले भने अझै पनि कम्पनी वा फर्ममा दर्ता हुन अस्वीकार गर्दै आएका छन् । यो सरकारको नीतिको ठीक विपरीतको गतिविधि...बाँकी अंश →


क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन् ः दाहाल

काठमाडौँ, ७ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन...बाँकी अंश →


उपराष्ट्रपति स्वागत समारोहमा सरिक

काठमाडौँ, ७ साउन (रासस) ः इजिप्टको राष्ट्रिय दिवस तथा इजिप्ट र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०आँै वार्षिकोत्सवको अवसरमा आज अपराह्न ललितपुरमा स्वागत समारोह आयोजना गरियो । नेपालका लागि इजिप्टका राजदूत इमन मोस्तफाले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विभिन्न राजनीतिक दलका नेता,...बाँकी अंश →


‘सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछिे चौतर्फी प्रहार’

बुटवल, ७ साउन (रासस) ः नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई भन्दा सरकारलाई असफल बनाउन आन्दोलनमा उत्रिएको बताउनुभएको छ । नेकपाका सस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter