१९ माघ २०८२

राष्ट्रिय

बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुन्छ ः मन्त्री थममाया

भक्तपुर, १९ साउन (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई...बाँकी अंश →


मुलुकी देवानी र अपराध संहिता ऐन उपयुक्त

काठमाडौँ, १९ साउन (रासस) ः मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐन सरल र सामाजिक न्यायका लागि उपयुक्त रहेको बताइएको छ । उक्त ऐन आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । ती ऐनका बारेमा लेखापढी कानून व्यवसायीलाई जानकारी दिने उद्देश्यले नेपाल बार एशोसिएशन र नेपाल लेखापढी कानून...बाँकी अंश →


आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ ः सभामुख महरा

काठमाडौँ, १९ साउन (रासस) ः सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गर्नुभएको छ । चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आदिवासी जनजाति समुदायले उठाउँदै आएका...बाँकी अंश →


नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ ः प्रधानमन्त्री ओली

काठमाडौँ, १९ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल...बाँकी अंश →


अफ्रिकी देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

–दीपराज सन्याल बुनिया, कङ्गो, १९ साउन (रासस) ः नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ ।...बाँकी अंश →


छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

कञ्चनपुर, १९ साउन ९रासस० ः शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला...बाँकी अंश →


रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

रोल्पा, १९ साउन (रासस) ः विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ । विद्यालयले वर्षे बिदा दिएसँगै...बाँकी अंश →


तीन वर्षमा १७२ वन्यजन्तु मारिए

– काशीराम शर्मा बाँके, १९ साउन (रासस) ः बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिक्टा सिँचाइ आयोजनाको नहरका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ । निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेकाले संरक्षणमा अर्को चुनौती थपिएको हो । यस्तै सिक्टा...बाँकी अंश →


तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ, १८ साउन (रासस) ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । २१७ रनको विजयी...बाँकी अंश →


मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १८ साउन (रासस) ः मन्त्रिपरिषद्को आजको बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी एशियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग...बाँकी अंश →


बारको ध्यानाकर्षण

काठमाडौँ, १८ साउन (रासस) ः नेपाल बार एशोसिएशनले संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम दुई तिहाइले अस्वीकार गरेकोप्रति बार स्तब्ध भएको जनाएको छ । बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको नाम समितिको दुई तिहाइबाट अस्वीकार गरेर कानून र विधिको शासनको उपहास गरेको उल्लेख...बाँकी अंश →


विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

काठमाडौँ, १८ साउन (रासस) ः नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा आज साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गर्नुभयो । बैंकले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter