१९ माघ २०८२

राष्ट्रिय

सरकारका ५ महीना , सुशासनका लागि मानक थालनी

काठमाडौँ, २७ साउन,  सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, विकास निर्माणको ढिलासुस्ती हटाउने लगायत १३ प्राथमिकताका क्षेत्रमा ‘सुशासनका लागि मानक थालनी’ गरेको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कामको बारेमा प्रकाशित ‘वर्तमान सरकारका ५ महिना’ नामक पुस्तकमा तस्करमाथि कारवाही र प्रभावकारी नियन्त्रण, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खरीदमा मितव्ययिता,...बाँकी अंश →


टेलिकमको आम्दानीमा वृद्धि

काठमाडौँ, २७ साउन ,नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यद्वारा...बाँकी अंश →


खर्चबारे संयमित हुनुस् ः अर्थमन्त्री

काठमाडौँ, २७ साउन (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागले यहाँ आज आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अहिले वित्तीय सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा मात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा...बाँकी अंश →


कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा

– सञ्चिता घिमिरे ललितपुर, २७ साउन (रासस) ः नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको...बाँकी अंश →


प्रतिनिधिसभा ः राणाको निधनमा शोक प्रस्ताव

काठमाडौँ, २७ साउन (रासस) ः प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो...बाँकी अंश →


मुख्यमन्त्रीसँग राससको कार्ययोजना प्रस्ताव

पोखरा, २७ साउन (रासस)ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताउनुभयो । उहाँले सरकारका नीति,...बाँकी अंश →


जयपृथ्वी राजमार्ग बन्द

बैतडी, २७ साउन, केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका...बाँकी अंश →


दुई सय रोपनी गाँजा फडानी

बागलुङ, २७ साउन , अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट गरेको हो ।...बाँकी अंश →


वृक्षरोपण अभियान शुरु

बुटवल, २७ साउन ,  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु भएको छ । ‘ग्रिन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो । तिलोत्तमा–४ स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच बिरुवा रोपी नगरप्रमुख बासुदेव घिमिरेले सो...बाँकी अंश →


काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २६ साउन ,नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको आज भारतको कोलकोतामा निधन भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु¥याउनुभएको...बाँकी अंश →


शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र

काठमाडौँ, २६ साउन ,बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना हुने भएको छ । त्यसैगरी संगठनको चौथो शिखर सम्मेलनको नारा ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’ निर्धारण भएको छ । राजधानीमा शनिबार सम्पन्न बिम्स्टेक मुलुकका परराष्ट्र÷विदेश÷बाह्य मामिला...बाँकी अंश →


सरकार मधेश विरोधी छैन –मन्त्री महासेठ

जनकपुरधाम, २६ साउन , भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकार मधेश विरोधी नभएको बताउनुभएको छ । मारबाड़ी सेवा समिति जनकपुरधामको स्वर्ण जयन्ती महोत्सवको आज उद्घाटन गर्दै उहाँले सरकार मधेशको विकास केन्द्रित विशेष योजनाका लागि रु तीन अर्ब ५२ करोड़को योजना अघि सारेको छ भन्नुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter