२० माघ २०८२

राष्ट्रिय

सार्क, दक्षिण एसिया र विमस्टेक

काठमाडौं, ९ भदौ ,,   आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा सार्क मिडिया विषयको हालै सम्पन्न परीक्षामा पूर्वाञ्चल विश्वविद्यालयले सोधेको प्रश्न थियो– सदस्य राष्ट्रबीचको आफ्नै कारणले सार्कले आफ्नो १९ औँ शिखर सम्मेलन त आयोजना गर्न सकेको छैन, दक्षिण एसियाली क्षेत्रको विकासमा यस्तो सङ्गठनबाट कस्तो अपेक्षा गर्न सकिन्छ ? दक्षिण एसियाली क्षेत्रीय सहयोग...बाँकी अंश →


काङ्ग्रेस महासमिति बैठक मङ्सिरमा

काठमाडौँ, ९ भदौ ,,    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । बैठकले पार्टी सभापति देउवाको...बाँकी अंश →


तेइस सय मेगावाट क्षमताका सय बढी आयोजना निर्माणमा

काठमाडौँ, ९ भदौ ,,   दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् । प्राधिकरणले ३३...बाँकी अंश →


शैक्षिक विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान छ ,, डा महत

काठमाडौँ ९ भदौ ,,   नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले नेपाली शिक्षा क्षेत्रको विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान रहेको दावी गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ पाल्पा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘एसईई, प्लस टु उर्तिण विद्यार्थी तथा विशिष्ट व्यक्ति सम्मान’ कार्यक्रममा उहाँले शिक्षाको विकासमा काङ्ग्रेसले उल्लेख्य काम गरेको बताउनुभएको...बाँकी अंश →


तीव्र आर्थिक तथा सामाजिक विकासमा सरकार लागिपरेको छ ,, प्रधानमन्त्री ओली

भक्तपुर, ९ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सरकार...बाँकी अंश →


ओपन हार्ट सर्जरीमा सफलता

काठमाडौँ, ८ भदौ ,,   खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी)का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ । वरिष्ठ...बाँकी अंश →


वैदेशिक रोजगारलाई ऐच्छिक बनाइने

काठमाडौँ, ८ भदौ ,,   खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलनको आज युनाइटेड अरब इमिरेटसको दुबईमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हरेक नेपाली युवा गाँस र बाँसका लागि विदेशिन नपरोस्, यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ,...बाँकी अंश →


‘मकालु’ उड्यो बैंकक

काठमाडौँ, ८ भदौ ,, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानले आजदेखि बैंकक नियमित उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । विदेशी विमानचालक (पाइलट) ‘क्याप्टेन’ र नेपाली...बाँकी अंश →


महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ, ८ भदौ ,,  प्रतिनिधिसभाको आजको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी, पार्वतीकुमारी विशुंखे, बिनाकुमारी श्रेष्ठ, लक्ष्मीकुमारी चौधरी, नवराज रावत, तुल्सी थापा, अमृता थापालगायत २२ सांसदले उक्त प्रस्ताव दर्ता गराउनुभएको थियो ।...बाँकी अंश →


महासमिति बैठकको तयारीमा काङ्ग्रेस

काठमाडौँ, ८ भदौ ,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने...बाँकी अंश →


वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व

काठमाडौँ, ८ भदौ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ । दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।...बाँकी अंश →


एशियाली खेलकूद ,, भलिबलमा कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ ,,   इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter