
काठमाडौँ, १८ भदौ ,, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी नेपाल रेडक्रसको संस्थागत क्षमता विकास एवं मानवीय सेवाका क्षेत्रमा नेपाललाई आगामी दिनमा महासङ्घले थप सहयोग गर्ने जानकारी दिनुभएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्व धाख्वाः, उपमहामन्त्री हरि न्यौपाने, कार्यकारी निर्देशक उमेशप्रसाद ढकालसहितको...बाँकी अंश →

काठमाडौँ, १८ भदौ ,, सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो...बाँकी अंश →

चौतारा, १८ भदौ ,, विसं २०७२ को भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकखण्ड र झिर्पुमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको चिनियाँ अधिकारीद्वारा आइतबार अवलोकन गरेका छन् । त्यसैगरी नेपाली अधिकारीले पनि सोमबार तिब्बतको खासा क्षेत्रको अवलोकन गरेका छन् । चिनियाँ पक्षका तर्फबाट तिब्बत स्वशासित प्रदेशका भाइस सेक्रेटरी जनरल छुन–लिले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा...बाँकी अंश →

कलैया, १८ भदौ ,, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र र नेपाली नागरिकको सेवामा सदैव समर्पित रहन नेपाल प्रहरीलाई...बाँकी अंश →

काठमाडौँ, १८ भदौ ,, इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई आज यहाँ नगदसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम...बाँकी अंश →

राजविराज, १८ भदौ ,, अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो...बाँकी अंश →

काठमाडौँ, १८ भदौ ,, प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । मन्त्री विष्टले योग्य युवालाई रोजगारी प्रदान गर्ने अभिप्रायले सरकारले रोजगारीको हक सम्बन्धी कानूनी...बाँकी अंश →
काठमाडौँ, १८ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध...बाँकी अंश →

काठमाडौँ, १८ भदौ ,, प्रतिनिधिसभाको आजको बैठकले “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नुभएको थियो । “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५”...बाँकी अंश →

काठमाडौँ, १८ भदौ ,, नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल...बाँकी अंश →

काठमाडौँ, १८ भदौ ,, निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कानून, न्याय तथा...बाँकी अंश →

विराटनगर, १८ भदौ ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: