२० माघ २०८२

राष्ट्रिय

राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन

काठमाडौँ, १ असोज ,,    राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन÷परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि र विज्ञसम्मिलित समिति गठन गर्ने...बाँकी अंश →


फोरमले कालो दिवस नमनाउने

काठमाडौँ, १ असोज ,,  सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस...बाँकी अंश →


लगानीको सुरक्षा सरकारले लिन्छ,, मन्त्री महासेठ

काठमडौँ, १ असोज ,,   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताउनुभएको छ । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री महासेठले नेपालको विकासमा...बाँकी अंश →


अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छःप्रम

काठमाडौँ, १ असोज ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का...बाँकी अंश →


भारतीय सेना प्रमुखको विवादस्पद अभिव्यक्ति : नेपाल र भुटानलाई भारतसँग नझुकी सुखै छैन

असोज १, २०७५ भारतीय सेना प्रमुख विपीन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका छन्। भारतको पुनेमा सेप्टेम्बर १० देखि सुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो अभिव्यक्ति दिएका हुन्। रावतले भौगोलिक बनावटका कारण नेपाल र भूटानले भारतको विकल्प खोज्न नसक्ने...बाँकी अंश →


कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

काभे्रपलाञ्चोक, १ असोज ,,    आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ । नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आउँदो कात्तिक महिनाको...बाँकी अंश →


रेडक्रसको साझेदारी बैठक शुरु

काठमाडौँ, १ असोज ,,    बद्लिँदो अवस्थामा मानवीय सेवाका गतिविधिलाई अझै प्रभावकारीरुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी बैठक यहाँ शुरु भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अन्तर्राष्ट्रिय समितिसहितको दुईदिने बैठकमा नेपाल सरकार, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयसहित विभिन्न २० देशका रेडक्रस तथा रेडक्रिसेण्टका...बाँकी अंश →


पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक

काठमाडौँ, १ असोज ,,    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६...बाँकी अंश →


शान्ति सैनिक घाइते

काठमाडौँ, १ असोज ,,   संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् । आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी ं(एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क...बाँकी अंश →


‘नाडा अटो सो’ मा रु एक अर्बको कारोवार

काठमाडौँ, ३१ भदौ ,,   नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ ।...बाँकी अंश →


क्रान्तिका ऐतिहासिकस्थलको अवलोकनमा अध्यक्ष दाहाल

काठमाडौँ, ३१ भदौ ,,   चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गर्नुभएको छ । अध्यक्ष दाहालले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन स्थलको अवलोकन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोही महाधिवेशनले चिनियाँ क्रान्तिलाई...बाँकी अंश →


महासङ्घद्वारा दबाबमूलक कार्यक्रम घोषणा

काठमाडौँ, ३१ भदौ ,,   नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter