२१ माघ २०८२

राष्ट्रिय

समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, ३ असोज,,    प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गर्नुभएको छ । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च ९टुँडिखेल० मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून...बाँकी अंश →


उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ, ३ असोज ,,   उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गर्नुभयो । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । सो अवसरमा नेपालस्थित विदेशी राजदूत, उच्च सरकारी...बाँकी अंश →


ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा जोड

काठमाडौँ, ३ असोज ,,   चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ । भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुशी व्यक्त...बाँकी अंश →


नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज

काठमाडौँ, ३ असोज ,,   एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ ः३० बजे खेल हुनेछ । पहिलो चरणमा...बाँकी अंश →


मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु

काठमाडौं, ३ असोज ,,   मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले...बाँकी अंश →


त्रिविको बजेट २१ अर्ब

काठमाडौँ, ३ असोज ,,   त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५÷७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९...बाँकी अंश →


पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौँ, ३ असोज ,,   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो । “चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज...बाँकी अंश →


सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव

काठमाडौँ, २ असोज ,,    सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय मुलुकको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ र प्रदेश सरकारबीच समन्वय गर्नका लागि काठमाडौँमा प्रदेश सरकारको कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिएको समिति सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...बाँकी अंश →


अफगानिस्तानद्वारा नेपाललाई चुनौतीे

काठमाडौँ, २ असोज ,,   भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो । अफगानिस्तानले ५० ओभरमा आठ विकेट...बाँकी अंश →


द्रुतमार्ग निर्माण मुलुकको नेतृत्वको परीक्षा हो– उपप्रम पोखरेल

लेनडाँडा, मकवानपुर, २ असोज ,,    उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उहाँले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको...बाँकी अंश →


क्रान्तिकारीको अध्यक्षमा पुनः रायमाझी

काठमाडौँ, २ असोज ,,   गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन हुनुभएको छ । काठमाडौँ सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज...बाँकी अंश →


परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम

काठमाडौँ, २ असोज ,,   परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter