२१ माघ २०८२

राष्ट्रिय

नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो

काठमाडौँ, ५ असोज,,   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो । पार्टी...बाँकी अंश →


प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ, ५ असोज ,,    त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो । सबै विद्यार्थीको पढन...बाँकी अंश →


जर्मनीद्वारा रु सात अर्ब ५० करोड अनुदान सहायता

काठमाडौँ, ५ असोज ,,    जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित नेपाली...बाँकी अंश →


लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

लिस्बन, ५ असोज ,,   नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए...बाँकी अंश →


सङ्घ, प्रदेश र स्थानीय तहका क्षेत्राधिकारकाबारेमा छलफल

काठमाडौँ, ४ असोज ,,   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सङ्घीय व्यवस्थामा संविधानले निर्दिष्ट गरेका अधिकारको कार्यान्वयनका सम्बन्धमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसँग छलफल गरेको छ । मन्त्रालयमा आज भएको छफललमा उद्योगमन्त्री मातृका यादवले संविधानको अनुसूचीमा भएका अधिकारको कार्यान्वयनमा सङ्घ र प्रदेश सरकारबीच विवाद सिर्जना नहुने गरी अघि बढ्नुपर्ने बताउनुभयो...बाँकी अंश →


सहमतिपछि यातायात सञ्चालन

बुटवल, ४ असोज ,,    मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत् सवारी चालक मजदुर र प्रशासनबीच आज सहमतिपछि यातायात सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने...बाँकी अंश →


दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारवाही हुन्छ ,, प्रमुख आयुक्त

काठमाडौँ, ४ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन...बाँकी अंश →


प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्नुहुने

काठमाडौँ, ४ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय...बाँकी अंश →


चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

काठमाडौँ, ४ असोज,,    नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष मदन खरेललाई भेटेर सो माग गर्नुभएको हो । नेपालको पर्यटन क्षेत्रको...बाँकी अंश →


अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

काठमाडौँ, ४ असोज ,,     गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री थापाले भन्नुभयो, “यो घटनालाई मैले गम्भीररुपमा...बाँकी अंश →


पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

काठमाडौँ, ४ असोज (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ । काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत...बाँकी अंश →


द्रुतमार्ग निर्धारित समयमै – नेपाली सेना

काठमाडौँ, ४ असोज ,,   नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter