
न्युयोर्क, ८ असोज ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताउनु भएको छ । उहाँले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो...बाँकी अंश →

काठमाडौँ, ८असोज ,, सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम...बाँकी अंश →

काठमाडौँ,८ असोज (रासस) ः साउदी अरेबियाको ८८औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सभामुख कृष्णबहादुर महरा सहभागी हुनुभयो । यहाँस्थित साउदी अरेवियाको राजदूतावासका कार्यवाहक राजदूत अब्दुल करिम सुलेमान अल सुलेमानले आयोजना गर्नुभएको उक्त समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी नेपाल सरकारका उच्च अधिकारी, पूर्वमन्त्री, पूर्वसांसद, विभिन्न...बाँकी अंश →

काठमाडौँ, ८ असोज ,, सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड...बाँकी अंश →

चितवन, ८ असोज ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी जडीबुटीको प्रयोग गरेर औषधि उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । स्वास्थ्य खबर पत्रिकाको आठौँ वार्षिकोत्सव एवं नेपाल लाइभ डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सेवाको सम्मान आठौँ हेल्थ अवार्ड २०७५ मा उहाँले यस्तो बताउनुभएको हो...बाँकी अंश →

काठमाडौँ, ८ असोज ,,,नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसा र महङ्गीको विरोध गरेको छ । नेपाल महिला सङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा आज मुलुकमा पछिल्लो समय बढ्दै गएको बलात्कार, हत्या, हिंसा र बढ्दो महङ्गीको विरोध गरेको हो । बलत्कारीलाई कारबाही गर, बढ्दो महङ्गी नियन्त्रण...बाँकी अंश →

ठमाडौँ, ८ असोज ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उहाँहरुलाई नियमित बैठक राखेर जिल्ला तहको...बाँकी अंश →

काठमाडौँ, ८ असोज ,, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय संरक्षण दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज आयोजित कार्यक्रममा उहाँले विमानस्थल निर्माणबारे दुवै...बाँकी अंश →

काठमाडौँ, ७ असोज,, सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको ध्येय देश र जनता बलियो बनाउने हुनुपर्छ ।” नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन...बाँकी अंश →

काठमाडौँ, ६ असोज ,, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताउनुभयो । उहाँले शीघ्र सूचना...बाँकी अंश →

काठमाडौँ, ६ असोज ,, प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारका विभिन्न अङ्गलाई समेटेर विकासको मूलधारमा लैजाने पहलकदमी गर्नु सराहनिय कार्य भएको बताउनुभएको छ । पश्चिमाञ्चल विकास मञ्चद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले देश विकास तथा आपसी सद्भाव र भातृत्व विकासमा समेत टेवा पुगेको उल्लेख गर्नुभयो । उहाँले पश्चिमाअञ्चल क्षेत्र...बाँकी अंश →

प्युठान ७ आश्विन । ‘प्यूठानी आइडल आयो प्यूठानी आइडल’ ‘को बन्छ, को बन्छ प्यूठानी आइडल’ अहिले तपाई युट्युवमा प्यूठानी आइडल सर्च गर्नुभयो भने यहि धुन गुन्जीन्छ र प्यूठानी आइडलले विभिन्न ठाँउहरुमा लिएका अडिसनका चरणहरु हेर्न सक्नु हुनेछ । यतिबेला प्यूठानी आइडलले प्यूठान उपत्यकामा रौनकता ल्याउँदै छ । गायन तथा नृत्य...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: