२१ माघ २०८२

राष्ट्रिय

नयाँ निजी विद्यालय नथप्न आयोगलाई सुझाव

काठमाडौँ, २२ असोज ,,   शिक्षा तथा बाल अधिकारका क्षेत्रमा क्रियाशील नागरिक समाजका संघसंस्थाको सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल’ ले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ लाई सुझाव दिँदै नयाँ निजी विद्यालय नथप्ने लगायत सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं आयोगका अध्यक्ष गिरिराजमणि पोखरेललाई आज सञ्जालका...बाँकी अंश →


इन्टरपोलका अध्यक्ष मेङ होङवेईले गरे राजीनामा

बेइजिङ, २२ असोज ,,   गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले...बाँकी अंश →


राष्ट्रिय महिला भलिबल मङ्गलबारदेखि

बागलुङ, २२ असोज,,   नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला...बाँकी अंश →


नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव

काठमाडौँ, २१ असोज,,   ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई यही असोज १८ गते शुक्रबार पत्राचार गरेको छ ।...बाँकी अंश →


सांसद रौनियार निलम्बित

काठमाडौँ, १९ असोज,,   प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट...बाँकी अंश →


म्यान्माको शान्ति प्रक्रियामा सहयोग गर्न नेपाल तत्पर

काठमाडौँ, १९ असोज ,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्माको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपाल तत्पर रहेको विश्वास दिलाउनुभएको छ । उहाँले भन्नुभयो, “नेपालको आफ्नै मौलिकतामा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नमूना हो ।” नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यानमारको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’को टोलीसँग आज परराष्ट्र...बाँकी अंश →


नेपालको शान्ति प्रक्रिया विश्वकै सफल उदाहरण : उपपराष्ट्रपति पुन

काठमाडौँ, १९ असोज ,,   उपराष्ट्रपति नन्दबहादुर पुन म्यान्माको शान्ति प्रक्रियालाई सार्थक सफलताको शुभकामना दिनुभएको छ । उहाँले म्यान्मा जारी युद्धविराम स्थायी शान्तिमा परिणत हुने शुभेच्छासहित शान्ति प्रक्रियामा आवश्यक परे नेपालले सहयोग गर्न सक्नेसमेत बताउनुभयो । नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यान्माको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’को टोलीसँग...बाँकी अंश →


बालअधिकार हननसम्बन्धी ५८३ घटना

काठमाडौँ, १९ असोज,,   केन्द्रीय बाल कल्याण समितिले आव २०७४÷०७५ मा ५८३ वटा बालअधिकार हननसम्बन्धी घटना भएको जनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको उक्त समितिका अनुसार ती घटनामा बाल श्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, ओसारपसारलगायत ११ शीर्षकमा एक हजार २७३ बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी...बाँकी अंश →


साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, १९ असोज ,,   विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४÷०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिनुभयो । शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम...बाँकी अंश →


पप्पु कस्न्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध मुद्दा दायर

काठमाडौँ, १९ असोज ,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा...बाँकी अंश →


विश्व तापमान वृद्धिको जोखिमबारे प्रतिवेदन तयार

काठमाडौँ, १९ असोज,,   विश्वव्यापी तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियस वृद्धि हुँदा देखिने सम्भावित प्रभाव, जोखिम र त्यसलाई सम्बोधन गर्न सकिने उपायबारेमा विशेष प्रतिवेदन तयार भएको छ । दक्षिण कोरियाको सोङ्डो शहरमा यही अक्टोबर १ देखि ५ सम्म सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) को ४८औँ बैठकले सो...बाँकी अंश →


काँग्रेस एक ढिक्का हुनुपर्छ,, महामन्त्री डा कोइराला

विराटनगर, १९ असोज ,,   नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै र«ाष्ट्रसेवक कर्मचारीको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter