
काठमाडौँ, ६ कात्तिक ,, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो...बाँकी अंश →

ललितपुर, ६ कात्तिक ,, ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ...बाँकी अंश →

काठमाडौँ, ६ कात्तिक ,, अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन्...बाँकी अंश →

काठमाडौँ, ५ कात्तिक ,, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा प्रयोगमा ल्याइएको उक्त सेवाले देशभर हुने जग्गाजमीनको करीब ७० प्रतिशत कारोवार समेटेको छ । मन्त्रालयले दुई वर्षअगाडि शुरु गरेको...बाँकी अंश →

गुल्मी, ५ कात्तिक ,, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ । ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार...बाँकी अंश →

काठमाडौँ, ५ कात्तिक ,, नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष...बाँकी अंश →

काठमाडौँ, ५ कात्तिक ,, स्वास्थ्य तथा जनसङ्ख्या स्वास्थ्य मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साविककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आइतबार सो निर्णय गर्दै अर्काे जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेकाले...बाँकी अंश →

काठमाडौँ, ५ कात्तिक,, दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय...बाँकी अंश →

काठमाडौँ, ४ कात्तिक ,, राष्ट्रिय किसान आयोगले प्रमुख बालीको (धान, मकै, कोदो, फापर, गहुँ, उखु आदि) समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । “बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्छ”, आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भन्नुभयो । आयोगको विशेष पहलमा कृषि तथा पशुपक्षी मन्त्रालयले हालै धान र उखुको न्यूनतम...बाँकी अंश →

काठमाडौँ, ४ कात्तिक ،، स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाँैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो...बाँकी अंश →

तुलसीपुर, ४ कात्तिक ,, दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष...बाँकी अंश →

काठमाडाँै, ३ कात्तिक ,, सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ । गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्नमा पहुँच प्रदान गरिएको हो । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०४४...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: