२१ माघ २०८२

राष्ट्रिय

‘औपचारिक कार्यक्रममा सुधार गरौँ

हेटौँडा, २९ पुस ,, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रम झन्झटिलो र भद्दा गरेर समयको बर्बादी नगर्न अुनुरोध गर्नुभएको छ । एउटै विषयमा दशाँै जनाले घण्टौँसम्म एउटै कुरा भनिरहने अनि उपस्थितले ताली पिटिरहने काम समयको बर्बादी मात्रै भएकाले त्यसलाई सच्याउनुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले कार्यक्रममा...बाँकी अंश →


तीन विधेयक पारित

काठमाडौँ, २९ पुस ,, प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् । बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न...बाँकी अंश →


साझा प्रकाशनको धर्ना स्थगित

काठमाडौँ, २९ पुस ,,  बक्यौताको ५० प्रतिशत रकम पाउने भएपछि साझा प्रकाशनमा गत साउनदेखि धर्नामा रहेका अवकाशप्राप्त कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा आज प्रकाशनको व्यवस्थापक र आन्दोलनरत पक्षबीच भएको वार्तामा सो सहमति भएको हो । उत्पादनविहीन र रुग्ण बनेको सो संस्थाका अवकाशप्राप्त...बाँकी अंश →


सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण–विशेष समय

काठमाडौँ, २९ पुस ९ ,,  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा मीनेन्द्र रिजालले आर्थिक समृद्धिको नारा लिएको सरकारले विलासिताको सुविधा उपयोग गर्नेगरी करोडौँ मूल्यमा सवारीसाधन...बाँकी अंश →


सुविधायुक्त सभाकक्ष निर्माण

दाङ, २९ पुस ,,  त्ुालसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा सुविधायुक्त सभाकक्ष निर्माणको काम शुरु गरेको छ । समाजसेवी तथा व्यवसायी यज्ञबहादुर केसीले सभाकक्ष निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा पाँच कठ्ठा जग्गा सङ्घलाई निःशुल्क प्रदान गरेपछि अहिले सो जमीनमा सभाकक्ष निर्माणको काम शुरु गरिएको निर्माण समितिका संयोजक तथा सङ्घका निर्वतमान अध्यक्ष...बाँकी अंश →


न्याय क्षेत्रलाई पवित्र बनाउने योजना अघि बढ्दै

विराटनगर, २९ पुस ,,  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकार न्याय क्षेत्रलाई शुद्ध र पवित्र बनाउने योजनाका साथ अघि बढेको बताउनुभएको छ । कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो संहिता सबैलाई समेटिएको दस्तावेज भएकाले यसलाई सफल...बाँकी अंश →


मातृभाषामा शिक्षा

काठमाडौँ, पुस २९ ,,  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । सडक विस्तारका नाममा जनताकोे घरजग्गा अधिग्रहण...बाँकी अंश →


कोशी करिडोर प्रसारण लाइनमा देखिएका समस्या समाधान गर्न कार्यदल

काठमाडौँ, २९ पुस  पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री...बाँकी अंश →


नेपाल वैज्ञानिक समाजवादतिर नै लाग्नुपर्छ ,, नेता मानन्धर

काठमाडौँ, २९ पुस ,, वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन सकिने बताउनुभएको छ । राणाविरोधी आन्दोलनका मुक्तियोद्धा (नेपालगञ्ज–धनगढी) मानन्धरले आफ्नो निवास मैतीदेवीमा रासससँगको अन्तर्वार्तामा मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र...बाँकी अंश →


लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

काठमाडौँ, २९ पुस,, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला...बाँकी अंश →


दुई शिक्षक सङ्गठनबीच एकीकरण

इनरुवा, २९ पुस ,,  नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो । नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय...बाँकी अंश →


बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग

बेनी, २९ पुस ,,  कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजारस्थित कालीगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरी बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter