२१ माघ २०८२

राष्ट्रिय

‘अबको निकास आर्थिक विकास’

काठमाडौँ, २९ पुस  ,,   विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै राजनीतिक दल मिलेर देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको छैटाँै वाषर््िाक साधारण सभाको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको एक मात्र चाहना...बाँकी अंश →


सूर्यविनायकमा रङ्गशाला र चिडियाखाना बन्ने

भक्तपुर, २९ पुस ,,  प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उहाँले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताउनुभयो । पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख...बाँकी अंश →


प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

हेटौँडा, २९ पुस  ,, प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठकले...बाँकी अंश →


राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

काठमाडौँ, २९ पुस  ,,  राष्ट्रिय सभा विधायन समितिले राहदानी विधेयक २०७५ माथि संशोधन प्रस्ताव हाल्ने सदस्यहरुसँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्तासँग विधेयक संशोधन गर्नु पर्नाका औचित्य पुष्टि गर्न धारणा माग गरिएको थियो । बैठकमा विधेयकका बारेमा सांसदहरुले राख्नुभएको जिज्ञासाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिनुभएको थियो । सभापति...बाँकी अंश →


लमजुङमा भूकम्पको धक्का

लमजुङ, २९ पुस ,,   लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार...बाँकी अंश →


वार्ता टोली गठन

काठमाडौँ, २९ पुस ,, कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली आज गठन भएको मन्त्रालयले जनाएको छ ।...बाँकी अंश →


वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन,, देउवा

धनगढी, २९ पुस ,,   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान...बाँकी अंश →


हज कमिटीको अध्यक्षमा मियाँ

काठमाडौँ, २९ पुस ,, नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त हुनुभएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त कमिटीको अध्यक्षमा उहाँलाई आज नियुक्त गरिएको गृहमन्त्रालयले जनाएको छ । नेपाल हज समिति कार्यविधि २०७२ बमोजिम उहाँलाई दुई वर्षका लागि नियुक्त गरिएको हो । कमिटीले साउदी अरेबियाको मक्कामा हज गर्न जाने...बाँकी अंश →


हर्न बजाउने चालक कारवाहीमा

दाङ, २९ पुस ,,  तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक,...बाँकी अंश →


दलित मञ्चको अध्यक्षमा मरिक

सप्तरी, २९ पुस  ,, दलित सरोकार मञ्च नेपालको प्रथम जिल्ला अधिवेशनले युक्तिलाल मरिकलाई अध्यक्षमा चयन गरेको छ । सप्तरीको कञ्चनरुपमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवकुमार मण्डल, सचिवमा सुसिन्द्र पासवान र कोषाध्यक्षमा प्रमिलाकुमारी पासवानलाई सर्वसम्मतले चयन गरेको हो । यसैगरी सदस्यमा रमानन्द राम, सोविताकुमारी सरदार र मुनेश्वर पासवान रहेको मञ्चका सचिव...बाँकी अंश →


प्रा डा केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती

इलाम, २९ पुस ,,   प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र...बाँकी अंश →


तीनै तहका निजामती सेवा ऐन पारित गरेर मात्र समायोजनमा जानुपर्ने

चितवन, २९ पुस  ,,   नेपाल निजामती कर्मचारी सङ्गठनको पाँचौँ केन्द्रीय बैठकले निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गरिनुपर्नेमा जोड दिएको छ । पुस २७ र २८ गते यहाँ बसेको बैठकले कर्मचारी समायोजन भई जाने सेवामा ऐनबिना समायोजन प्रक्रिया अन्योल हुने भएकाले ती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter