
काठमाडौँ, १२ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुएको छ । डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान...बाँकी अंश →

काठमाडौँ, १२ माघ ,, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताउनुभएको छ । किङ्ग कम स्पोर्टस् क्लबले आज यहाँ आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने विचार...बाँकी अंश →

काठमाडौँ, १२ माघ ,, नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण पराजित हुनपुगेको थियो । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा नेपाल र युएईबीचको...बाँकी अंश →

काठमाडौँ, १२ माघ,, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै...बाँकी अंश →

परासी, ११ माघ ,, विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन हुने बस्तीको पहिचान गरी त्यहाँ सञ्चालन गरिने...बाँकी अंश →

नारायणपुर, १० माघ ,, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि प्रभावकारी र व्यवहारिक योजना बनाएर अगाडि बढ्न सक्नुपर्छ । मन्त्री...बाँकी अंश →

काठमाडौँ, १० माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि उहाँको उपचार अहिले ललितपुरस्थित मेडिसिटी...बाँकी अंश →

काठमाडौँ, १० माघ ,, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको...बाँकी अंश →

डाभोस, ९ माघ,, विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी...बाँकी अंश →

काठमाडौँ, ८ माघ ,, मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण...बाँकी अंश →

पाल्पा, ८ माघ ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई काम...बाँकी अंश →

संवैधानिक आयोगको रुपमा रहेको मुस्लिम आयोग को अध्यक्ष पदमा शमीम अंसारी लाई आज संसदीय सुनुवाई समितिमा सिफारिश गरिएको छ । संवैधानिक परिषद को तर्फ बाट सिफारिश गरिएका अंसारी नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य हुन भने राष्ट्रीय मुस्लिम सँँघर्ष गठबंधन को केन्द्रिय संयोजक पनि हुन । मुस्लिम आयोग लगायत अन्य...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: