
काठमाडौँ, ७ फागुन ,, शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै टुसाल १० अङ्कका...बाँकी अंश →

कास्की, ७ फागुन ,, तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नगद रु एक लाख पुरस्कार प्राप्त गरेका छन् । पोखरा रङ्गशालाबाट शुरु...बाँकी अंश →

दैलेख, ७ फागुन ,, परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम हुँदै आएकामा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ । स्थानीय उद्यमी परे खड्काले नौमूलेमा स्थानीय सरकारको लगानीमा अल्लो प्रशोधन...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार गोकुलप्रसाद पोखरेललाई विशेष...बाँकी अंश →

भादगाउँ, ७ फागुन ९ ,, भक्तपुरको हनुमानघाट त्रिवेणीधाममा शुरु भएको एक महीने लामो माधवनारायणको व्रत आज सम्पन्न भएको छ । पौषशुक्ल पूर्णिमाको दिन शुरु भएको यो व्रत आज माघ शुक्ल पूर्णिमाको दिन दरबार स्क्वायरमा रहेको भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर हनुमानघाटमा फर्केर माधवनारायणलाई एकसय आठ अक्षतमाढी९ ध्यू र चिनीमा मोलेर...बाँकी अंश →

2019-02-19 14:15 काठमाडौँ, ७ फागुन ,, मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल,...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर...बाँकी अंश →

काभ्रेपलाञ्चोक, ७ फागुन ,, नेपाल पत्रकार महासङ्घले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएका छन् । नेपाल पत्रकार महासङ्घको आह्वान तथा काभे्र शाखाको आतिथ्यमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज सम्पन्न सर्वपक्षीय बैठकमा उपस्थित पत्रकार सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेमा विषयमा...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति(रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको छ । राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले आफ्नो...बाँकी अंश →

काठमाडौँ, ७ फगुन ,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो...बाँकी अंश →

बर्दिवास, ७ फागुन ,, महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा जारीे विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले देश र जनतालाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: