२१ माघ २०८२

राष्ट्रिय

महिला विश्वकप छनोट

काठमाडौँ, १२ फागुन ,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ ।...बाँकी अंश →


४८ हजार चालकलाई प्रशिक्षण

काठमाडौँ, १२ फागुन ,,  नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले...बाँकी अंश →


वृहत स्वास्थ्य शिविर

राजविराज, १२ फागन ,,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।...बाँकी अंश →


जनावरका लागि नयाँ घर निर्माण गर्दै चिडियाखाना

काठमाडौँ, १२ फागुन ,,  जावलाखेलमा रहेको सदर चिडियाखाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण...बाँकी अंश →


रोल्पा : दश बुँदे घोषणापत्र जारी

रोल्पा, १२ फागुन ,,  रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बँुदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो । स्थानीय सरकार गठनपछि पहिलो पटक...बाँकी अंश →


आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

भोजपुर, १२ फागुन  ,,  पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति...बाँकी अंश →


भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

बेत्रावती, १२ फागुन ,,  नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन...बाँकी अंश →


राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

सुर्खेत, १२ फागुन ,,  नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित...बाँकी अंश →


भाषाविज्ञ पोखरेलको निधन

विराटनगर, १२ फागुन  ,,  वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी...बाँकी अंश →


यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार स्थापित

परासी, १२ फागुन ,, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार स्थापित गर्ने सवालमा नेपाल दक्षिण एशियामै अगाडि देखिएको छ । नेपालको संविधान २०७२ र मुलुकी देवानी (संहिता) ऐन २०७४ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको स्पष्ट व्यवस्था गरिएको छ । नागरिकता र राहदानी पाउने व्यवस्थासमेत भएपछि उक्त समुदाय उत्साही देखिएका छन्...बाँकी अंश →


‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

ललितपुर, १२ फागुन ,,  ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच...बाँकी अंश →


निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन ,,  म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र बेनपा–२ को सहआयोजनामा सञ्चालन गरिएको एकदिने शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter