
इलाम, १७ फागुन ,, अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् । प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिने प्रक्रियामा लागेका हुन् । यस वर्ष मात्र इलामको फाकफोकथुमस्थित तीनजुरे उद्योगका...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, अखिल नेपाल फटबल सङ्घ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा शुरु हुँदैछ...बाँकी अंश →

जनकपुरधाम, १७ फागुन ,., प्रदेश नं २ सरकारले एक वर्षमा ३६ वटा विधेयक तयार गरी प्रदेशसभामा पठाउन सफल भएको छ । संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै सङ्घीयतालााई प्रभावकारी बनाउन सरकारले पठाएको ती विधेयकमध्ये १६ वटा प्रमाणीकरण भई कानूनको स्वरूप ग्रहण गरिसकेको छ । यसरी कानूनको स्वरुप ग्रहण गर्नेमा प्रदेश सरकारको...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्काै जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार आज मौसममा...बाँकी अंश →

भरतपुर, १७ फागुन ,, भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका...बाँकी अंश →
नारायणपुर, १७ फागुन ,, दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो । अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ ।...बाँकी अंश →

पोखरा, १७ फागुन ,, हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन...बाँकी अंश →

काठमाडौँ, १७ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे...बाँकी अंश →
काठमाडौँ, १६ फागुन ,, सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा...बाँकी अंश →

परासी, १६ फागुन ,, आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काख हो बाबा बर्दगोरिया धाम । थरीथरीका रङ्गीबिरङ्गी फूल र चराचुरुङ्गीको कुहुकुहुबाट गुञ्जायमान हुने यो ठाउँ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ केरावानीमा अवस्थित छ । शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रुपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: