
सुरुङ्गा, २० फागुन ,, छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो । घिमिरे, कुइँकेल र...बाँकी अंश →

काठमाडौँ, २० फागुन( .. यात्रुहरु फराकिलो र आरामदायी सिटमा बसेर गन्तव्यम्म पुग्छन् । बसमा बस्दा उनीहरु किताब पढ्न सक्छन् । ‘फ्रि वाइफाई’ सुविधा भएकाले उनीहरु निर्धक्कसँग इण्टरनेट चलाउँदै यात्रा गर्छन् । नयाँ यात्रुलाई कहाँ पुगियो वा अबको गन्तव्य कहाँ भनेर सोध्नु पर्दैन, बसमा कुनै ठाउँमा पुगेपछि आफैँ जानकारी दिने विद्युतीय...बाँकी अंश →

जिरी (दोलखा), २० फागुन ,, निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु भएको छ । आयोजनाको लट २ अन्तर्गतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो । चार सय ५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ...बाँकी अंश →

बलेवा, २० फागुन ,, सङ्घीयता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरीद–बिक्रीको कारोवारमा कमी आएको छ । बितेका वर्षमा भन्दा यो आर्थिक वर्षको पहिलो छ महीनामा जग्गा खरीद–बिक्रीको कारोवार कम भएको पाइएको हो । मालपोत कार्यालय बागलुङका अनुसार गत वर्ष फागुनको दोस्रो सातासम्म एक हजार ६२१ जग्गाका कारोवार कार्यालयमा दर्ता भएका थिए...बाँकी अंश →

काठमाडौँ, २० फागुन ,, ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु...बाँकी अंश →

भादगाउँ, २० फागुन ,, महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर...बाँकी अंश →

लाहोर, पाकिस्तान وو – लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ । हाल ४४ वर्ष पुगेका रजा भाग्यशाली थिए । उनी लडाकूले प्रहार गरेको गोली, ग्रिनेड र रकेट लन्चरबाट भाग्यवश बाँच्न सफल भएका थिए ।...बाँकी अंश →

वीरगञ्ज, १९ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले महायज्ञहरु पञ्चतत्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुृनुपर्ने बताउनु भएको छ । वीरगञ्जको आदर्शनगरमा आजदेखि शुरु भएको चारदिने गायत्री अश्वमेघ महायज्ञमा पठाउनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले महायज्ञले नेपालका तीर्थस्थल, पर्यटकीयस्थल, अप्रकाशित महिमा...बाँकी अंश →

चितवन, १९ फागुन ,, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै औषधालयपछि सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि औषधालय...बाँकी अंश →

जनकपुरधाम, १९ फागुन ,, मैथिली भाषाप्रति अपनत्व बोध गरेमा मानक सम्बन्धमा विद्यमान द्विविधाको अन्त्य हुन सकिने धारणा विज्ञले व्यक्त गर्नुभएको छ । मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित ‘मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र निदान’ विषयक विमर्श कार्यक्रममा उहाँहरूले परस्परमा बोलिने र अभिव्यक्ति गरिनेमा बोधगम्यता छ भने भाषाप्रति द्विविधाको कुनै प्रश्नै...बाँकी अंश →

चितवन, १९ फागुन ,, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको निर्देशन अवज्ञा गर्दै सम्बन्धन पाएका छ निजी क्याम्पसले पठनपाठन प्रक्रिया शुरु गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशानुसार भर्ना गरी पठनपाठन प्रक्रिया शुरु गरेको जनाएका छन् । विश्वविद्यालयले सम्बन्धन दिएका आठमध्ये जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस...बाँकी अंश →
चिप्लेढुङ्गा, १९ फागुन ,, पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहनामा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही बनेर निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन दुलहा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: