
बागलुङ, २२ फागुन ,, बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि कालिज संरक्षण प्रयास अघि बढाइएको छ । कागलुङ् नगरपालिका–१ स्थित कालिका भगवती मन्दिर व्यवस्थापन समिति कालिज संरक्षणमा लागेको हो । वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणमा योजनाबद्ध काम शुरु गरिएको छ । मन्दिर वरिपरि रहेको १९० रोपनी वन क्षेत्रमा कालिजलगायतका पक्षीको...बाँकी अंश →
राँझा, २२ फागुन ,, सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले उद्यमी समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यम समेत अलपत्र अवस्थामा...बाँकी अंश →

पर्वत, २२ फागुन ,, लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य लिएको छ । सरकारको ¬‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको हो । आर्थिक वर्ष...बाँकी अंश →

कैलाली, २२ फागुन ,, नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको...बाँकी अंश →

मार्तडी, २२ फागुन ,, साँफे–मार्तडीको राजमार्ग सडकखण्डसँग जोडिएको करीब ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ । लगातारको वर्षाका कारण सडक निर्माण कार्य अवरुद्ध भएपछि एक महीनादेखि अस्तव्यस्त बनेको यातायात व्यवसायीले गुनासो गरेका छन् । सडक निर्माण कम्पनीले समयमै काम नगर्दा हिलाम्मे सडक भएपछि अस्तव्यस्त बनेको दुनीहाट बजारका अध्यक्ष मोहनलाल...बाँकी अंश →

धनगढी, २२ फागुन ,, गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले...बाँकी अंश →

पोखरा, २२ पोखरा ,, पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि आजदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्रुपमा नै सञ्चालन रहने भएको छ । उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले तीे उडान आजदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई...बाँकी अंश →

काभ्रेपलाञ्चोक, २२ फागुन ,, बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताउनुभयो । उहाँले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरी गुरुयोजनासमेत निर्माण...बाँकी अंश →

काठमाडौँ, २२ फागुन ,, काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल...बाँकी अंश →

भक्तपुर, २२ फागुन ,, मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: