२० माघ २०८२

राष्ट्रिय

विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण

रत्ननगर, २६ फागुन ,,   विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो । यो उपकरणबाट एचपिभी...बाँकी अंश →


गाउँसभा तयारीका लागि सेवा ठप्प

काभ्रेपलाञ्चोक, २६ फागुन  ,,  तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । यही फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा तोकिएको हो । सो गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजना सम्झौता तथा योजनाको भुक्तानीलगायत...बाँकी अंश →


लागुऔषध प्रयोगकर्तामा बालबालिका बढ्दो

फागुन २६, लम्की ,,  कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् । पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको...बाँकी अंश →


राजपाबाट समर्थन फिर्ताबारे औपचारिक जानकारी

काठमाडौँ, २६ फागुन ,,  राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिनुभएको थियो । सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान...बाँकी अंश →


सरकार र सिके राउतबीचको वार्ता सकरात्मक ः सभापति देउवा

बेनी, २६ फागुन ,,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ...बाँकी अंश →


सलिल र सरिसा मिस एण्ड मिष्टर रोट्रयाक्ट

काठमाडौँ, २६ फागुन  ,,  काठमाडौँमा भएको मिस एण्ड मिस्टर रोट्रयाक्टको उपाधि शलिलराज शाक्य र सरीसा श्रेष्ठले जित्नुभएको छ । शनिबार राति नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा ३५ प्रतियोगीलाई पछि पार्दै उहाँहरुले उपाधि जित्नुभएको हो । दुवैले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभएको थियो । मिस रोट्रयाक्ट श्रेष्ठलाई यसअघिकी विजेता सृष्टि...बाँकी अंश →


विखण्डनका कुरा उठाउने दल मूलधारमा आउनु सकारात्मक ः नेता पाण्डे

गोरखा, २६ फागुन ,, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन गोरखा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्नेे दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु...बाँकी अंश →


२३ करोड रुपैयाँ लाभग्राहीबाट फिर्ता

काठमाडौँ, २६ फागुन  ,,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना...बाँकी अंश →


स्व. ओलीको सम्झनामा प्रतिष्ठान बनाइने

लमही, २६ फागुन ९  ,,  प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ । दाङ क्षेत्र नं ३ ९ख० बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण...बाँकी अंश →


पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता

काठमाडौँ, २६ फागुन ९  ,,   नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ । विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गर्नुभएको थियो । महाविद्यालय पछि वाल्मीकि विद्यापीठमा नामकरण भएको थियो ।...बाँकी अंश →


पल्लीमगरको ‘मेरो जीवनयात्रा’

काठमाडौँ, २६ फागुन ,,  सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पित भएको छ । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको सो पुस्तकको पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालले शनिबार विमोचन गर्नुभएको हो । स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र २८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्याण्डमा कामको अनुभव हासिल गरेका...बाँकी अंश →


एण्डालास र कालिकाबीच समझदारी

चिप्लेढुङ्गा, २६ फागुन ,,  पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ । ‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’ विषयक पोखरामा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन दुई देशका क्याम्पसबीच समझदारी भएको हो । समझदारी पत्रमा (एमओयू) क्याम्पस प्रमुख बालाकृष्ण शर्मा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter