
काठमाडौँ, २८ फागुन ,, विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन...बाँकी अंश →

चितवन, २८ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बीमा गरिदिने भएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको बीमा गर्न लागिएको हो । नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्षित गर्दै बीमा गर्न लागिएको जानकारी दिनुभयो । वन्यजन्तुले निकुञ्ज बाहिर क्षति पु¥याएमा निकुञ्जले...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरियो । बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद कृष्ण राई, छिरिङदोर्जे लामा, समितिका अध्यक्ष चन्द्रमान लामा, समितिका सदस्य टुल्कुनिमा टेण्डी...बाँकी अंश →

कास्की, २८ फागुन ,, कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ । यही फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी भिमादले...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता,...बाँकी अंश →

काठमाडौँ, २८ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीलाई जोन एफ...बाँकी अंश →

काठमाडौँ, २७ फागुन ,, प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन...बाँकी अंश →

काठमाडौँ, २७ फागुन ,, नेपाल प्रज्ञा–प्रतिष्ठानले बालसाहित्यसम्बन्धी पत्रिका प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिने भएको हो । प्राज्ञ परिषद्को बैठकको निर्णयानुसार साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको संयोजनमा नयाँ वर्ष २०७६ वैशाखबाट ‘बालप्रज्ञा’ प्रकाशन हुने विभागीय प्रमुख प्राज्ञ डा देवी नेपालले...बाँकी अंश →

काठमाडौँ, २७ फागुन ,, काठमाडौँको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन नगर्दा र स्तरोन्नतिको योजना ल्याउन नसक्दा पार्कको सुन्दरता गुम्न पुगेको हो । उक्त पार्कको नाम त्रिभुवन पार्क रहेपनि अहिले त्रिभुवनको शालिक बेवारिसे रुपमा फालिएको...बाँकी अंश →

काठमाडौँ, २७ फागुन ,, काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ । आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न आज विहान घटनाको स्थलगत अवलोकन गर्दै प्रमुख शाक्यले विपद् व्यवस्थापन विभागलाई घटनाको सम्पूर्ण विवरणबारे आफूलाई जानकारी गराउन निर्देशन दिनुभएको हो...बाँकी अंश →

काठमाडौँ, २७ फागुन ,, निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको भनी अभिभावक र विद्यार्थीको आलोचना भएपछि सरकारले भविष्यमा सेवामुखी रूपमा मात्र निजी विद्यालय खोल्न पाउने नीति ल्याउने...बाँकी अंश →

काठमाडौँ, २७ फागुन ,, भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: