२० माघ २०८२

राष्ट्रिय

विद्यालय पुनः निर्माण सम्पन्न

तनहुँ २८ फागुन ,,  भूकम्पले क्षति पु¥याएकामध्ये १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । शिक्षा विभाग र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट १४५ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट २० गरी कुल १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको हो । तनहुँमा प्रावि, निमावि र मावि गरी कूल ४८६ सामुदायिक विद्यालय रहेकोमा भूकम्पबाट २९१...बाँकी अंश →


करीब चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ, २८ फागुन ,,  सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण...बाँकी अंश →


साँढे काटेको अभियोगमा मुद्दा

गौशाला, २८ फागुन ,, महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको...बाँकी अंश →


‘सबैको सहकार्यले सुखी नेपाली, समृद्ध नेपाल’

दमौली, २८ फागुन  ,,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो...बाँकी अंश →


‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’

पोखरा, २८ फागुन ,,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि...बाँकी अंश →


सन्दीप स्वदेश फर्कँदै

काठमाडौँ, २८ फागुन ,, राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो । सन्दीपले उक्त...बाँकी अंश →


छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री हुनुपर्छ

रुपन्देही, २८ फागुन ,, प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भएमात्र सरकार...बाँकी अंश →


सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

काठमाडौँ, २८ फागुन ,,  भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ...बाँकी अंश →


केबलकारका लागि पूर्वाधार बन्दै

दमौली, २८ फागुन ,,  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम...बाँकी अंश →


सामाजिक सुरक्षा भत्ता घरघरमै

खस्यौली, २८ फागुन ,,  बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु...बाँकी अंश →


उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने

बनेपा, २८ फागुन ,,  बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको...बाँकी अंश →


धम्कीसँगै चन्दा उर्दी

दैलेख, २८ फागुन ,,  दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter