२० माघ २०८२

राष्ट्रिय

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

काठमाडौँ, २९ फागुन ,,  महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति...बाँकी अंश →


सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

परासी, २९ फागुन ,,  पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण...बाँकी अंश →


प्याब्सनको नेतृत्वमा सहमति

काठमाडौँ, २९ फागुन ,, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी...बाँकी अंश →


चेमजोङको हत्यामा संलग्न पक्राउ

काठमाडौँ, २९ फागुन ,,  महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले...बाँकी अंश →


रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया

चितवन, २९ फागुन ,,  धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम...बाँकी अंश →


प्राथमिकतामा कृषि विकास कार्यक्रम

नेपालगञ्ज, २९ फागुन ,,  बर्दियाको बढैयाताल गाउँपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रुपमा चिनिदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ र व्यावसायिक रुपमा तरकारी खेती पनि हुँदै आएको छ । तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट खेती गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष...बाँकी अंश →


वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन ,,  भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।...बाँकी अंश →


नेपाल भाषाको विद्यालय खोलिने

ललितपुर, २८ फागुन ,, शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल...बाँकी अंश →


त्यो कविता र स्वर मेरो हैन ः भट्टराई

चिप्लेढुङ्गा, २८ फागुन  ,, तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र...बाँकी अंश →


छात्रवृत्ति कोष स्थापना

बझाङ, २८ फागुन ,,  जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ ब्यासी तामाखानी घर भई हाल अमेरिकामा बस्दै आएका डा तुलसीराम जोशीको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि यहाँका विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना गरिइएको छ । गरीब परिवारका जेहेन्दार र लगनशील विद्यार्थीलाई पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थापित...बाँकी अंश →


लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २८ फागुन ,, ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३...बाँकी अंश →


बृहत् सामाजिक सुरक्षा कार्यक्रम

गाईघाट, २८ फागुन ,,  उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरभित्रको जुनसुकै उमेरका नागरिक भएपनि कुनै बिरामी भएर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter