२० माघ २०८२

राष्ट्रिय

उच्च शिक्षा हासिल गर्न दुई सय जेहन्दारलाई छात्रवृत्ति

काठमाडौँ, २९ फागुन ,,  पृथक रुपमा सक्षम नवलपरासीका सौगात वाग्ले वित्त विकास विषयमा स्नातक तहको अध्ययन पूरा मार्गप्रशस्त भएकामा दङ्ग छन् । काठमाडौँ विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्न उनलाई भारत सरकारले छात्रवृत्ति प्रदान गरेपछि उनको अध्ययनले निरन्तरता पाएको हो । मध्यम वर्गीय परिवारका उनी आफू मात्र नभई आफ्नो भाइ पनि आफूजस्तै...बाँकी अंश →


निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २९ फागुन ,,  प्रतिनिधिसभामा ‘निर्वाचन आयोगको आव २०७४÷०७५ को वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा राष्ट्रपतिसमक्ष प्रस्तुत भएको उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत...बाँकी अंश →


ज्येष्ठ नागरिक भवनको शिलान्यास

विराटनगर, २९ फागुन ,, विराटनगर महानगरपालिका प्रमख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ । ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले निर्माण गरिने भवनका लागि रु १० लाख निकासासमेत...बाँकी अंश →


प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन

काठमाडौँ, २९ फागुन ,,  सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स्थानबाट उठेर अवरोध पु¥याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको...बाँकी अंश →


डण्डीबियो प्रतियोगिता शुरु

काठमाडौँ, २९ फागुन ,,  राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभयो । नेपाल...बाँकी अंश →


राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २९ फागुन  ,, प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका...बाँकी अंश →


एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

पर्वत, २९ फागुन ,, एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका...बाँकी अंश →


बक्यौता नतिर्नेको लाइन काटियो

दमौली, २९ फागुन ,,  नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव...बाँकी अंश →


रोकिएन नदीजन्य पदार्थको उत्खनन

राँझा, २९ फागुन ,,  राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा...बाँकी अंश →


पाँचखालमा एक हजार ७९ घर निर्माण

बनेपा, फागुन २९ ,,  आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, भवन विभाग र ह्याविट्याट फर ह्युमनिटी नेपाल गरी त्रिपक्षीय सम्झौतामा उक्त नगरपालिकाको १३ वटै वडामा विशेष गरी...बाँकी अंश →


परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको बिदाइ

बर्दिवास, २९ फागुन ,,  महोत्तरी जिल्लाको बलवा नगरपालिकाको धमौराका बासिन्दा इस्लाम (मुुस्लिम) धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान बिदाइ गरेका छन् । माध्यमिकी परिक्रमाको साताँै दिनको विश्राम धमौराको ध्रुवकुण्डमा गरेका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राको शुभकामना व्यक्त गर्दै हार्दिक बिदाइ गरेका हुन् । मिथिला क्षेत्रको महाकुम्भ भनिने मिथिला...बाँकी अंश →


भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, २९ फागुन ,,  थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत हुनुहुन्छ । करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अस्वघोषले करीब १५० कृतिहरु प्रकाशित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter