२० माघ २०८२

राष्ट्रिय

पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक ः नेता केसी

पोखरा, ३० फागुन  ,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । “विप्लवका गतिविधि...बाँकी अंश →


बसमा आगजनी

धनगढी, ३० फागुन ९  ,,  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर...बाँकी अंश →


शंकास्पद वस्तु निस्क्रिय

पोखरा, ३० फागुन ,, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताउनुभयो । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी...बाँकी अंश →


आमा समूहद्वारा पाहुना घर सञ्चालन

म्याग्दी, ३० फागुन ,,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा महिलाको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ । गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुविधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अथितिगृह सञ्चालन गरेको हो । रु बीस लाखमा निर्माण भएको भवनमा गाउँमा भित्र्ने पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको आमा...बाँकी अंश →


संविधानको मर्मअनुसार राउतसँग सम्झौता

जनकपुरधाम, ३० फागुन ,, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने...बाँकी अंश →


शैक्षिक अवस्थामा सुधार

जाजरकोट, ३० फागुन ,,  विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् । कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् । वर्षेनी विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पठनपाठनमा समस्या आएपछि कुशे...बाँकी अंश →


धार्मिक मेलाको आयव्यय सार्वजनिक

परासी, ३० फागुन ,,  पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्षको...बाँकी अंश →


जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

गलेश्वर, ३० फागुन ,,  जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफँै अगुवा बनेर उदाहरणीय काम गरेका छन् । आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी...बाँकी अंश →


मिर्गौला दिवसमा प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन ,, विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक...बाँकी अंश →


राष्ट्रपतिको सम्मानमा स्वागत समारोह

काठमाडौँ, ३० फागुन ,,  महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना...बाँकी अंश →


हत्या अभियुक्तलाई दश वर्ष कारागार

सप्तरी, ३० फागुन ,, छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय...बाँकी अंश →


मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

चिप्लेढुङ्गा, ३० फागुन  ,,  उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो । अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter