
चितवन, ३० फागुन ,, जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक राठौरका अनुसार...बाँकी अंश →

भीमदत्तनगर, ३० फागुन ,, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, राष्ट्रियसभाको आजको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ छन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक विकासको चरणमा अगाडि बढ्दै गर्दा भएको बन्दले उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । “सरकार...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ । वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु रु ३० हजार घुस...बाँकी अंश →

बाँके, ३० फागुन ,, विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद भैरवचरणसुन्दर श्रेष्ठले सरकार र सिके राउतका बीच भएको ११ बूँदे सहमतिको स्वागत गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफ्ना गतिविधि सच्याउन पनि आग्रह गर्नुभयो । सांसद रामनारायण बिंडारीले उत्कृष्ट संविधान कार्यान्वयनमा आउँदा...बाँकी अंश →

गाईघाट, ३० फागुन ,, वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले... पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ,...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, वातावरण क्षेत्रका जानकारले प्रतिजैविक औषधिको व्यवस्थापनको कमीले हुने वातावरण प्रदूषण नियन्त्रण गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिनुभएको छ । ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना’ तयारीका क्रममा वातावरणीय विषयमाथिको छलफलका क्रममा उहाँहरुले प्रतिजैविक औषधि उत्पादन गर्ने, बिक्री वितरण गर्ने र प्रयोग गर्नेलगायत सबैमा जनचेतना जगाई यसबाट हुने वातावरणीय...बाँकी अंश →

धनुषा, ३० फागुन ,, वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता...बाँकी अंश →

काठमाडौँ, ३० फागुन ,, विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा नौ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ । विवेकशील साझा पार्टीको सञ्चार विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय सद्भाव समितिको अङ्गअन्तर्गत गठन गरिएको सो समितिमा इजरायलबाट राम ढुङ्गाना, डेनमार्कबाट प्रभात किरण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: