२० माघ २०८२

राष्ट्रिय

दिगो विकास समितिले प्रदेशस्तरमा अनुगमन गर्ने

काठमाडौँ, ३ चैत ,,  दिगो विकास लक्ष्य तथा सुशासन प्रवद्र्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ । त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं...बाँकी अंश →


महासङ्घ झापाको तालाबन्दी खुल्यो

बनियानी, ३ चैत ,,  नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ । सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले महासङ्घको कार्यालयमा तालाबन्दी तथा प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो । आज विर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी...बाँकी अंश →


उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ ः प्रधानमन्त्री

विराटनगर, ३ चैत  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उहाँले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट,...बाँकी अंश →


गाईको सट्टामा भ्रुण ल्याउनुपर्छ

चितवन, ३ चैत  ,,  विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् । गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले...बाँकी अंश →


अस्पताल वरपर मदिरा निषेध

ओखलढुङ्गा, ३ चैत  ,,  ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो । स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर...बाँकी अंश →


विमानस्थल कालोपत्रेको काम शुरु हुन सकेन

बैतडी, ३ चैत  ,,  यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन् । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा माटो काट्ने, सम्याउनेलगायतका...बाँकी अंश →


आँखा शिविरमा १०२ को शल्यक्रिया

डोटी, ३ चैत ,,  नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन १७...बाँकी अंश →


काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौँ, ३ चैत ,,  नेपाली काङ्ग्रेस संसदीय दलले पूर्वप्रमुख सचेतक एवं काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । केन्द्रीय सदस्य श्रेष्ठका पिता...बाँकी अंश →


आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट

काठमाडौँ, ३ चैत ,,  आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३...बाँकी अंश →


अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौँ, ३ चैत ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार...बाँकी अंश →


सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

दाङ, ३ चैत ,,  दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिनुभयो । आइसियु,...बाँकी अंश →


पिनालेख पाटा हँुदै खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

मार्तडी, ३ चैत ,,  बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हँुदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर सडक शिलान्यास भएको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । लामो समयदेखि राजनीतिक विवाद र पहिरोका कारण सडक निर्माण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter