२० माघ २०८२

राष्ट्रिय

बारुणयन्त्रको २४ सै घण्टा व्यवस्था गर्न निर्देशन

काठमाडौँ, ७ चैत ,, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई छबुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि...बाँकी अंश →


जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु

काठमाडौँ, ७ चैत ,, ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री आजदेखि सुरु भएको छ । नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम शुरु गरेको...बाँकी अंश →


मुस्लिम आयोगका अध्यक्ष अंसारीको तीन प्रमुख प्रतिबद्धता

आज विहान ९बजे राष्ट्रपति विद्या देवी भण्डारी ले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष पदमा शमीम अंसारी लाई नियुक्त गरेकी छिन ।नियुक्ति सँगै प्रधान न्यायाधीश चौलेंद्र शमशेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका अध्यक्ष अंसारी जवालाखेल स्थित रहेको राष्ट्रिय मुस्लिम आयोगको कार्यालयमा प्रवेश गरेका छन। आयोगको सभा हालमा नवनियुक्त अध्यक्षलाई बधाई...बाँकी अंश →


बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन

काठमाडौँ, ७ चैत ,,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको हो ।...बाँकी अंश →


गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

चितवन, ७ चैत ,, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने...बाँकी अंश →


आठ करोडको लागतमा खानेपानी योजना

कावासोती, ७ चैत ,,  नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको...बाँकी अंश →


हाडे रोगको प्रकोप बढ्यो

सोलुखुम्बु, ७ चैत  ,, सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई...बाँकी अंश →


पाँच आयोगमा अध्यक्षको नियुक्ति

काठमाडौँ, ७ चैत ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको...बाँकी अंश →


सञ्चारमाध्यम सकारात्मक नभए समृद्ध समाज सम्भव छैन : मन्त्री शाह

मार्तडी, ७ चैत ,, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताउनुभएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मा मन्त्री शाहले, “पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ।” दुर्गम...बाँकी अंश →


होटल सञ्चालक पक्राउ

लहान, ७ चैत ,,  होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो । होटलभित्र अवैधरूपमा...बाँकी अंश →


प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ

काठमाडौँ, ७ चैत  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको हो । उहाँकी धर्मपत्नी राधिका शाक्यले...बाँकी अंश →


अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’

काठमाडौँ, ७ चैत ,,  समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ । आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध विस्तार गर्न घरघरमा पुग्ने गरी उक्त अभियान चलाउन लागिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter