
बेत्रावती, ११ चैत ,, भूकम्पपछिको पुनःनिर्माणको लागि रु तीन लाख अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ । लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) नुवाकोटका प्रमुख कोषनाथ अधिकारीले...बाँकी अंश →

भीमदत्तनगर, १० चैत ,, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला...बाँकी अंश →

नवलपरासी, १० चैत ,, कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका...बाँकी अंश →

काठमाडौँ, १० चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ । बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजै अन्त्य हँुदैछ । यसअघि बैठकमा राष्ट्रिय जनता...बाँकी अंश →

काठमाडौँ, १० चैत ,, सामूहिक चेतना अभिवृद्धिका लागि आज साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरुचेला रम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गर्नुभएको थियो । भावातीत ध्यान आज महर्षि अभियान लागू भएका १९२ देशका...बाँकी अंश →

काठमाडौँ, ९ चैत ,, उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानका ७९औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, कूटनीतिक...बाँकी अंश →

काठमाडौँ, १० चैत ,, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी...बाँकी अंश →

बुटवल, ८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर...बाँकी अंश →

काठमाडौँ, ८ चैत ,, काठमाडौँ महानगरपालिकाले वागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो । वागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार न्यायाधीशद्वय अनिलकुमार...बाँकी अंश →

भैरहवा, ८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा...बाँकी अंश →
काठमाडौँ, ८ चैत ,, नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नुहुनेछ । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो ।...बाँकी अंश →

काठमाडौँ, ८ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: