२० माघ २०८२

राष्ट्रिय

तीन सरकारी भवन अलपत्र

सुर्खेत, ११ चैत ,, ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन प्रालिले भुक्तानी लिएर अधुरै छाडेकाले ती भवन सात वर्षदेखि अलपत्र परेका हुन् । विपद् व्यवस्थापनका आवश्यक सामग्री भण्डारण...बाँकी अंश →


इच्छाशक्ति भए ग्रामीण क्षेत्रमा बसेर गुणस्तरीय स्वास्थ्य सेवा गर्न सकिन्छ

काठमाडौँ, ११ चैत  ,, शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको थियो भने श्वासप्रश्वास पनि लिन सकिराखेको थिएन । झन्डै पाँच मिनेटपछि सुत्केरीले दोस्रो सन्तानको जन्म दिइन् । ती नवजात शिशुको...बाँकी अंश →


छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन

मार्तडी, ११ चैत  ,,  छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं. ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिनुभयो । सो वडास्थित...बाँकी अंश →


प्रसूतिका लागि सरकारी अस्पताल भरतपुर सबैको रोजाइँमा

चितवन, ११ चैत ,, सरकारी अस्पताल भन्ने वित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर यहाँको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रोजाइँ बन्ने गरेको छ । जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकको पनि प्रसूति सेवाका लागि यो अस्पताल...बाँकी अंश →


बृहत् योग शिविर शुरु

बाजुरा, ११ चैत ,,  बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ । बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो । शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ...बाँकी अंश →


महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : सिंह

भद्रपुर, ११ चैत ,, नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने...बाँकी अंश →


मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत ,, पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना...बाँकी अंश →


काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौँ, ११ चैत ,,  समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा,...बाँकी अंश →


सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन

गाईघाट, ११ चैत ,, डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महीनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या...बाँकी अंश →


आगलागीमा चार घर जलेर नष्ट

इनरुवा, ११ चैत  ,, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण...बाँकी अंश →


सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा

नवलपरासी, ११ चैत ,, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेको छ । स्थानीय तहभित्र पर्ने सबै सामुदायिक विद्यालयलाई प्रशासनिक खर्च, पाठ्यपुस्तक खर्च र परीक्षा शुल्कलगायतका सबै खर्च स्थानीय तहले विद्यालयलाई उपलब्ध गराई निःशुल्क शिक्षा लागू गरेको हो । माध्यमिक तहको शिक्षा हासिल...बाँकी अंश →


कृष्णसार लोप हुने अवस्थामा

धम्बोझी, ११ चैत  ,, जिल्लाको गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ । २०४३ सालसम्म कृष्णसारको सङ्ख्या ६०० थियो । अहिले कृष्णसारको सङ्ख्या १८४ मात्र रहेको छ । नेपालमा शिकार गर्न प्रतिबन्धित २६ वन्यजन्तुमध्येमा कृष्णसार पर्दछ । जनसङ्ख्या बढ्दै जानु ,जनघनत्वको चाप बढ्नु र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter