
पाल्पा, १२ चैत ,, जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा...बाँकी अंश →

पशुपतिनगर, १२ चैत ,, इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए । हुल बाँधेर...बाँकी अंश →

काठमाडौँ, १२ चैैत ,, चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । महानगरीय ट्राफिक...बाँकी अंश →

चैनपुर, बझाङ्ग, १२ चैत ,, खस जातिको कुलदेवता मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ । महाकाली नदीदेखि त्रिशूली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तर्गत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग काश्मिरदेखि कुमाउँसम्मको क्षेत्रलाई खस प्रदेश र त्यहाँ बस्ने जातिलाई खस भनिन्छ । यिनै खस जातिले पुज्ने...बाँकी अंश →

हुम्ला, १२ चैत ,, यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका...बाँकी अंश →

जनकपुरधाम, १२ चैत ,, प्रदेश नं २ को स्थानीय तहमा न्यायिक कार्यसम्पादन, सार्वजिनक खरीद प्रक्रिया, पदाधिकारीको जिम्मेवारी बाँडफाँड, सूचना प्रवाह र विकास कार्यमा नागरिक संलग्नताका विषयमा अन्योल देखिएको छ । सेन्टर फर मिडिया फ्रिडमद्वारा सोमबार यहाँ आयोजित छलफल कार्यक्रममा स्थानीय तहका पदाधिकारीले सेवा प्रवाहमा अन्योल विद्यमान रहेको खुलासा गरेका हुन्...बाँकी अंश →

चितवन, १२ चैत ,, पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये...बाँकी अंश →

हुम्ला, ११ चैत ,, बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या भएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरुलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरुलाई सहयोगीको भरमा...बाँकी अंश →

काठमाडौँ, ११ चैत ,, नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी...बाँकी अंश →

काठमाडौँ, ११ चैत , प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट...बाँकी अंश →

बुटवल, ११ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले चालू आर्थिक वर्ष २०७५÷०७६ को आठ महीनामा झण्डै ५० प्रतिशत भ्रष्टाचारका उजुरीको फछ्र्याैट गरेको छ । आयोगमा विभिन्न तहबाट आएका एक हजार एक वटा प्रारम्भिक उजुरीमध्ये चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४९२ उजुरी फछ्र्याैट गर्न सफल भएको आयोगको बुटवल कार्यालयले...बाँकी अंश →

चितवन, ११ चैत ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: