२० माघ २०८२

राष्ट्रिय

वन संरक्षण जनचेतना सप्ताह सम्पन्न

विराटनगर, १४ चैत ,,  वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन् । प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवद्र्धन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ । निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा...बाँकी अंश →


चौतारीका पूर्वअध्यक्ष अर्याललाई पितृशोक

काठमाडौँ, १४ चैत ,,  प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई पितृशोक परेको छ । अर्यालका ७३ वर्षीय पिता चम्पबहादुर अर्यालको आज बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मालिका गाउँपालिका गुल्मी स्थायी घर भएका अर्याल फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पूर्वअध्यक्ष अर्याल जेठा छोरा हुनुहुन्छ । अर्यालका...बाँकी अंश →


स्वास्थ्य कार्यालयको उद्घाटन

बेनी, १४ चैत ,, गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो...बाँकी अंश →


कृषिबाटै नाम, दाम र इज्जत

घोडाघोडी, १४ चैत ,,  गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढ्नुभएका...बाँकी अंश →


रु ४५ करोड आयात हुँदा निर्यात साढे तीन लाख मात्र

भजनी, १३ चैत ,,  चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कैलालीस्थित सत्ती भन्सार कार्यालयबाट ४५ करोड मूल्य बराबरको सामान आयात भएको छ भने करीब साढे तीन लाख मूल्य बराबरको सामान मात्र निर्यात भएको छ । सरकारले चालू आर्थिक वर्षको शुरुमै सत्ती भन्सार कार्यालयलाई मुख्य भन्सार कार्यालयको रुपमा स्तरोन्नति गरेको थियो...बाँकी अंश →


पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ

सप्तरी, १३ चैत ,, एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको...बाँकी अंश →


लगानी सम्मेलन : निजी क्षेत्र पनि उत्तिकै सक्रिय

काठमाडौँ, १३ चैत ,,  आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले पनि उत्तिकै सक्रिय सहभागिता जनाएको छ । सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं कानूनी सुधारसमेत गरेको, ऊर्जाको उपलब्धता सहज भएको, श्रम सम्बन्धसमेत सुधार भएको अवस्थामा निजी क्षेत्र पनि सरकारसँगै ‘काँधमा काँध’ मिलाएर...बाँकी अंश →


भारतीय विदेश सचिव गोख्ले आउँदै

काठमाडौँ, १३ चैत ,, भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उहाँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको...बाँकी अंश →


सूक्ष्म प्रकाशकीय चिपको विकास

ललितपुर, १३ चैत ,,  नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी(शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम) नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पु¥याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कँुद्ने काम गरिएको...बाँकी अंश →


चन्द समूहका तीन पक्राउ

राँझा, १३ चैत ,,  जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका...बाँकी अंश →


‘तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक गतिविधिका त होइनन्’

काठमाडौँ, १३ चैत ,,  समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दाे सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक...बाँकी अंश →


लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

बाँके, १३ चैत ,, प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter