
काठमाडौँ, १४ चैत ,, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ । यस्तै...बाँकी अंश →

चौतारा, १४ चैत ,, राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गर्नुभएको हो । सो अवसरमा मन्त्री थापाले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु...बाँकी अंश →

जनकपुरधाम, १४ चैत ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भन्नुभयो । वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका...बाँकी अंश →

डोटी, १४ चैत ,, जोरायल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक जोरायल गाउँपालिकामा प्राथमिक पुनःस्थापना कक्ष स्थापना गरिएको हो । जोरायल गाउँपालिका र युएमएन डोटीको सहयोगमा अपाङ्ग सेवा सङ्घ डोटीले पुनःस्थापना कक्षको स्थापना गरेको...बाँकी अंश →

लमही, १४ चैत ,, पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा...बाँकी अंश →

काठमाडौँ, १४ चैत ,, राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको...बाँकी अंश →

गोरखा, १४ चैत ,, गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा समूहले पछिल्लो समय...बाँकी अंश →

पाथर्दी (तनहुँ), १४ चैत ,, स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना...बाँकी अंश →

गाईघाट, १४ चैत ,, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: