२० माघ २०८२

राष्ट्रिय

राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

नवलपरासी, १७ चैत ,, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले बेवास्ता...बाँकी अंश →


प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा

काठमाडौँ, १७ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन...बाँकी अंश →


सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

जाजरकोट, १७ चैत ,, कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने...बाँकी अंश →


जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

पर्वत, १७ चैत ,,  जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री...बाँकी अंश →


प्रवासीको सहयोगमा खेलमैदान निर्माण

म्याग्दी, १७ चैत ,,  रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब रु पाँच लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण...बाँकी अंश →


नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात ठप्प

राँझा, १७ चैत ,,  नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताउनुभयो । ऐनमा व्यवस्था...बाँकी अंश →


सुन्दरीजल–वाग्द्वार महोत्सव वैशाख १ मा

काठमाडौँ, १७ चैत ,,  वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले वैशाख १ गते महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष राम मानन्धरले राससलाई जानकारी दिनुभयोे । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा...बाँकी अंश →


केरुङ–काठमाडौँ रेलमार्ग : छ महीनाभित्र डिपिआर टुङ्गो लाग्ने

काठमाडौँ, १६ चैत ,,  सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुङ्गो लगाइने भएको छ । पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको...बाँकी अंश →


माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

नुवाकोट (बेत्रावती), १५ चैत ,, रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ । आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु...बाँकी अंश →


नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १५ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभयो । नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई...बाँकी अंश →


मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

बर्दिवास, १५ चैत ,, महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो । “बर्दिवासमा मेडिकल कलेजको काम अघि बढेछ, यसअघि बर्दिवास–६ मा कृषि सङ्कायको स्नातकतहसम्म अध्ययन÷अध्यापन हुने प्राकृतिक स्रोत व्यवस्थापन...बाँकी अंश →


नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन ः उपसभापति निधि

चितवन, १५ चैत ,,  नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो । पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter