
काठमाडौँ, २१ चैत ,, बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि ८२ सन्तमहात्माका पदाधिकारी र भक्तजनले आज रक्तदान गरेका छन् । काठमाडौँमा उपचाररत बिरामीलाई रगतको अभाव भएको जानकारी पाएपछि नेपाल मानव धर्म सेवा समितिले आकस्मिक रक्तदानको अयोजना गरेको हो । “अस्पतालमा बिरामी रगत नपाएर ज्यान जान सक्ने अवस्था रहेकाले आकस्मिक रक्तदान...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,, पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले...बाँकी अंश →

गौशाला, २१ चैत ,, महोत्तरीको लोहारपट्टि नगरपालिकामा आज बिहान छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान लोहारपट्टि–३ महदैया बस्ने अख्तर कवाडीका छोरा छ महीनाका दिलमहमद खाटबाट लड्दा मृत्यु भएको हो । आफ्नी आमासँग आफ्नै घरमा सुतेका...बाँकी अंश →

हेटौँडा, २१ चैत जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ गरिएका तीन जनालाई आज सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वको प्रहरी टोलीले हेटौँडा–३ को तिनताप्के भन्ने स्थानबाट २१२ किलो गाँजा लोड गरिएको पिकअप गाडीसहित चालक र अर्को एक जनालाई नियन्त्रणमा लिएको जिप्रका मकवानपुरले जनाएको...बाँकी अंश →

बाजुरा, २१ चैत ,, जिल्लाको विकट हिमाली गाउँपालिका–४ फैतीका महिला यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला व्यावसायिक तरकारी खेतीमा लागेका वडाध्यक्ष रमेश विकले बताउनुभयो । यहाँका पुरुष प्रायः रोजगारीका लागि भारततिर जाने र गाउँमा महिलामात्रै रहेका उहाँले जानकारी गराउनुभयो ।...बाँकी अंश →
विराटनगर, २१ चैत ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पार्नुभयो । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला...बाँकी अंश →

काठमाडौँ, २१ चैत,, प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताउनुभयो...बाँकी अंश →

पोखरा, २१ चैत ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विदेश जाने लाइसेन्स बन्न नहुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको आज यहाँ आयोजित सोह्रौँ दीक्षान्त समारोहमा उहाँले रोजगारीका लागि देशको जनशक्ति विदेशिनु राष्ट्रको समृद्धि र विकासका लागि बाधक हुने बताउनुभयो । “शिक्षा मानवजातिको एउटा अनमोल सम्पत्ति हो, आभूषण...बाँकी अंश →

काठमाडौँ, २० चैत ,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी कानून निर्माण भइरहेको बताउनुभएको छ । मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न आज यहाँ आयोजित कार्यशालामा मन्त्री बस्नेतले संरक्षित जनावरको चोरी शिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने बताउनुभयो...बाँकी अंश →
दाङ, २० चैत ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई जनतामाझ जान आह्वान गर्नुभएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले आज लमहीमा आयोजना गरेको क्षेत्रीय सभामा उहाँले काङ्ग्रेस जनताको पार्टी भएकाले गाउँ–गाउँमा पुगेर जनताको सुख–दुःखमा साथ दिन आग्रह गर्नुभयो । सभापति देउवाले मुलुकमा दिनदिनै आपराधिक घटनामा...बाँकी अंश →

काठमाडौँ, १८ चैत ,, काठमाडौँ महानगरपालिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन ।...बाँकी अंश →

भक्तपुर, १८ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: