१९ माघ २०८२

राष्ट्रिय

एकै परिवारका तीन जनाले गरे आत्महत्या

भरतपुर, २२ चैत ,,  चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र...बाँकी अंश →


स्व नेताको सम्झनामा उद्यान

भरतपुर, २२ चैत ,, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता स्व जागृतप्रसाद भेटवाल (जेपी) को स्मृतिमा चितवनमा उद्यान निर्माण गरिने भएको छ । प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा राप्ती नगरपालिका–६ मा जेपी उद्यान निर्माण गर्न लागिएको हो । उद्यानको बिहीबार नेपाल कम्युनस्टि पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले...बाँकी अंश →


मर्मतकै बेला भत्कियो विद्यालय

बागलुङ, २२ चैत ,, काठेखोला गाउँपालिका–५ बिहुँस्थित नवयुवक आधारभूत विद्यालयको दुईकोठे भवन मर्मतकै बेला भत्किएको छ । पुरानो जस्ताको छानो फेर्ने क्रममा भवन भत्किएको विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले बताउनुभयो । गाउँपालिकाले छुट्याएको रु एक लाख बजेटबाट मङ्गलबारदेखि मर्मतको काम शुरु भएको थियो । विसं २०४२ मा निर्मित भवन भूकम्पमा चर्किएको...बाँकी अंश →


ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ

काठमाडौँ, २१ चैत ,, काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास...बाँकी अंश →


साझाले थप २० नयाँ शहरी बस ल्याउँदै

काठमाडौँ, २१ चैत ,, साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस...बाँकी अंश →


फिफा वरियतामा नेपाल यथावत्

काठमाडौँ, २१ चैत ,,फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१आँैं स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ...बाँकी अंश →


लोप हँुदै रैथाने जातका भैँसी

डोटी, २१ चैत ,,जिल्लाभरिमा कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीयले भैँसी पाल्न छोडेका हुन् । पहिले पहिले एउटै घरमा पाँच÷छ वटा भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी पनि देखिने गरेको सायल गाउँपालिकाका...बाँकी अंश →


झापाका ३० बाढीपीडितलाई घर

बनियानी, २१ चैत ,, झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर परम्परागत शैलीका घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर निर्माणका लागि...बाँकी अंश →


पर्यटन प्रवद्र्धनमा जुटे चुप्लुङ खिजीवासी

चुप्लुङ (ओखलढुङ्गा), २१ चैत ,, प्राकृतिक सौन्दर्यता र भौगोलिक विविधताको सङ्गम ओखलढुङ्गाको पिकेडाँडा आफँैमा पर्यटकीय आकर्षणको केन्द्रविन्दु हो । साहसिक पर्यटन तथा हिमशृङ्खलाको मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ । पर्यटनको अथाह सम्भावना भएर पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न यतिखेर चुप्लुङ खिजी फलाटेका स्थानीय जुर्मुराएका छन्...बाँकी अंश →


स्तरीय शिक्षासँगै तीन वर्षमा तीन गुणा बढी विद्यार्थी

पोखरा, २१ चैत ,, अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो । विद्यार्थी सङ्ख्या घट्दै...बाँकी अंश →


उच्च शिक्षा लिँदै बुहारी

बर्दिवास, २१ चैत ,, उच्च शिक्षाको भोकले महोत्तरीको बर्दिवास–१२ बिजलपुराकी छोरी रीताकुमारी महतोलाई काखको दूधेबालक र स्वास्थ्यक्षेत्रको सरकारी सेवाले पनि छेकवार गरेन । रीता दूधेबालक छोरा दुई वर्षीय लवराज कुशवाहलाई काखमा च्यापेर नै स्नातकोत्तर तहको अध्ययनका लागि बर्दिवास जनता बहुमुखी क्याम्पस पुग्नुहुन्छ । “स्नातकोत्तर तहको अध्ययन गर्ने त पहिलेदेखि नै...बाँकी अंश →


भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

दमौली, २१ चैत ,, नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter