
भरतपुर, २२ चैत ,, चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र...बाँकी अंश →
भरतपुर, २२ चैत ,, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता स्व जागृतप्रसाद भेटवाल (जेपी) को स्मृतिमा चितवनमा उद्यान निर्माण गरिने भएको छ । प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा राप्ती नगरपालिका–६ मा जेपी उद्यान निर्माण गर्न लागिएको हो । उद्यानको बिहीबार नेपाल कम्युनस्टि पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले...बाँकी अंश →

बागलुङ, २२ चैत ,, काठेखोला गाउँपालिका–५ बिहुँस्थित नवयुवक आधारभूत विद्यालयको दुईकोठे भवन मर्मतकै बेला भत्किएको छ । पुरानो जस्ताको छानो फेर्ने क्रममा भवन भत्किएको विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले बताउनुभयो । गाउँपालिकाले छुट्याएको रु एक लाख बजेटबाट मङ्गलबारदेखि मर्मतको काम शुरु भएको थियो । विसं २०४२ मा निर्मित भवन भूकम्पमा चर्किएको...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,, काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,, साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,,फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१आँैं स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ...बाँकी अंश →

डोटी, २१ चैत ,,जिल्लाभरिमा कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीयले भैँसी पाल्न छोडेका हुन् । पहिले पहिले एउटै घरमा पाँच÷छ वटा भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी पनि देखिने गरेको सायल गाउँपालिकाका...बाँकी अंश →

बनियानी, २१ चैत ,, झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर परम्परागत शैलीका घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर निर्माणका लागि...बाँकी अंश →

चुप्लुङ (ओखलढुङ्गा), २१ चैत ,, प्राकृतिक सौन्दर्यता र भौगोलिक विविधताको सङ्गम ओखलढुङ्गाको पिकेडाँडा आफँैमा पर्यटकीय आकर्षणको केन्द्रविन्दु हो । साहसिक पर्यटन तथा हिमशृङ्खलाको मनोरम दृश्यावलोकनका लागि उपयुक्त मानिन्छ । पर्यटनको अथाह सम्भावना भएर पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न यतिखेर चुप्लुङ खिजी फलाटेका स्थानीय जुर्मुराएका छन्...बाँकी अंश →

पोखरा, २१ चैत ,, अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका अवस्थामा पोखरा महानगरपालिका–१३ आर्वास्थित रतन पाण्डे माध्यमिक विद्यालयले भने गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी अभिभावकको मन जित्दै गएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाइका साथै आवश्यक भौतिक पूर्वाधार समेतको उचित व्यवस्थापनका कारण विद्यालयप्रतिको आकर्षण बढ्दै गएको हो । विद्यार्थी सङ्ख्या घट्दै...बाँकी अंश →

बर्दिवास, २१ चैत ,, उच्च शिक्षाको भोकले महोत्तरीको बर्दिवास–१२ बिजलपुराकी छोरी रीताकुमारी महतोलाई काखको दूधेबालक र स्वास्थ्यक्षेत्रको सरकारी सेवाले पनि छेकवार गरेन । रीता दूधेबालक छोरा दुई वर्षीय लवराज कुशवाहलाई काखमा च्यापेर नै स्नातकोत्तर तहको अध्ययनका लागि बर्दिवास जनता बहुमुखी क्याम्पस पुग्नुहुन्छ । “स्नातकोत्तर तहको अध्ययन गर्ने त पहिलेदेखि नै...बाँकी अंश →

दमौली, २१ चैत ,, नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: