१९ माघ २०८२

राष्ट्रिय

राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

काठमाडौँ, २२ चैत ,, सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले...बाँकी अंश →


मध्यभोटेकोशी आयोजना सम्पन्न गर्न दबाब

मेलम्ची, २२ चैत ,, सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य शुरु गरिएको थियो । सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने...बाँकी अंश →


किबी खेतीतर्फ कृषक आकर्षित

फिदिम, २२ चैत ,, पाँचथरको याङवरक गाउँपालिका–५ नागीका कृषक खड्गबहादुर लक्सम वर्षेनी रु ८० हजारदेखि एक लाख मूल्यको किबी बिक्री गर्नुहुन्छ । उहाँको घर छेउमै सडक पुगेको छ । झापाको विर्तामोडका व्यापारी गाडी लिएर किबी खरीद गर्न उनको घरमै आइपुग्छन् । जम्मा एक पाटो बारीमा किबीको खेती गर्नुभएको लक्समले भन्नुभयो,...बाँकी अंश →


तेह्रौँ साग निर्धारित मितिमै ः अध्यक्ष श्रेष्ठ

कास्की, २२ चैत ,, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताउनुभएको छ । खेलकूद पत्रकारमञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले डिसेम्बर १ देखि १० गतेसम्मका लागि नेपालमा तय भएको साग...बाँकी अंश →


विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति

काठमाडौँ, २२ चैत ,,सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका २० छात्रछात्रालाई जनक खड्का छात्रवृत्ति कोषले सहयोग गरेको छ । गोकर्णेश्वर नगरपालिका–२ मा रहेको बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिस्वरुप आज सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयमा मजदूरका छोराछोरी मात्र अध्ययन गरिरहेका प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिनुभयो । आर्थिक...बाँकी अंश →


विश्वकप फुटसल : नेपाल तीनै खेलमा पराजित

काठमाडौँ, २२ चैत ,, अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै...बाँकी अंश →


हावाहुरीपीडितलाई रु १० लाख सहयोग

सिन्धुली, २२ चैत ,, तराईका हावाहुरीपीडितलाई राहातस्वरुप रु १० लाख दिइने भएको छ । विपद् व्यवस्थापन समिति सिन्धुलीले बारा र पर्साका हावाहुरी पीडितको पुनःस्थापनाका लागि सो सहयोग गर्ने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो...बाँकी अंश →


राहत वितरणमा एकद्वार प्रणाली लागू

वीरगञ्ज, २२ चैत ,, हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने...बाँकी अंश →


सदरमुकाम जोड्ने सडक निर्माण

राँझा, २२ चैत ,, बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ । वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सडक निर्माणकार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । “गनापुरको भित्रसम्म उद्योग खुलेका छन्,...बाँकी अंश →


शान्तिनगरका ९४ गाउँमा सडक पुग्यो

लमही, २२ चैत ,, दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताउनुभयो । “हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म ९४ गाउँमा सडक पुगिसकेको छ ।” बाँकी रहेका तीन गाउँलाई पनि चालू आवमै सडकसँग...बाँकी अंश →


राजश्व सङ्कलनको दायरा बढ्दै

भीमदत्तनगर, २२ चैत ,, आन्तरिक राजश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी÷व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा रु एक अर्ब ६१ करोड ७४ लाख वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म रु एक अर्ब २१ करोड राजश्व सङ्कलन गरिसकेको छ ।...बाँकी अंश →


तीन हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज

कञ्चनपुर, २२ चैत ,,शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter