
विराटनगर, २५ चैत ,, प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गर्नुभएको हो । मन्त्रालयलद्वारा...बाँकी अंश →

भरतपुर, २५ चैत ,, चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना६ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना२०प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल...बाँकी अंश →

रुकुम (पूर्व), २५ चैत ,, राहदानी बनाएर तेस्रो मुलुक जानेको सङ्ख्या वर्षेनी बढ्दो छ । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनाँै युवा विदेशिइरहेका छन् । जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा...बाँकी अंश →

जाजरकोट, २५ चैत ,,शिवालय गाउँपालिका–४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाउनुभएको छ । जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उहाँले अब भोट हाल्ने चाहना पूरा भएको बताउनुभयो । “भोट नै हाल्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, अब केही वर्ष बाँचे...बाँकी अंश →

वीरगञ्ज, २५ चैत ,, मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ ।...बाँकी अंश →

लहान, २५ चैत्र ,, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग...बाँकी अंश →

बनेपा, २५ चैत ,, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताउनुभयो । वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आउनुभएका उहाँले त्यसरी वन्यजन्तुले सखाप पारेर दुःख...बाँकी अंश →

भरतपुर, २४ चैत ,,उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताउनुभयो । “अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ”, उहाँले...बाँकी अंश →

काठमाडौँ, २४ चैत ,, हालसम्म ४८ जिल्ला पूर्ण साक्षर घोषणा भइसके पनि देशको राजधानी काठमाडौँ यस अभियानमा पछाडि देखिएको छ । बसाइँसराइ, तथ्याङ्कीय अन्योल, शिक्षा सेवाका जनशक्ति र उचित समन्वयको अभावमा काठमाडौँ जिल्ला साक्षर घोषित नभएको हो । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा साक्षरता दर बढी हुने आम प्रवृत्ति देखिएको...बाँकी अंश →

विराटनगर, २४ चैत ,, ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमो पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१) (ख) बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पेश...बाँकी अंश →

काठमाडौँ, २४ चैत ,, आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य(बाध्यकारी) गरेको छ । यी बाहेक अरु उत्पादनका स्वेच्छिक रुपमा समेत व्यवसायीले चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर...बाँकी अंश →

लमही, २४ चैत ,, दाङको सोनापुर सिमेन्टका कारण खानेपानीमा लेदो आउने गरेको छ । आकासबाट पानी परेको समयमा उपभोक्ताको धारामा लेदोसहितको पानी जाने गरेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले बताउनुभयो । “एक हप्ताअघि पानी पर्दा पनि लेदो आएको थियो, बर्षात्को समयमा लेदो मात्रै जान्छ”, उहाँले भन्नुभयो,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: