
कञ्चनपुर, २८ चैत ,, कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घ सुदूरपश्चिम...बाँकी अंश →

रसुवा, २८ चैत ,, भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा...बाँकी अंश →

ललितपुर, २७ चैत ,, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ (एचएलबी) भेटेको छ । एचएलबी विशेष गरी अमिला (सिट्रस) अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा,...बाँकी अंश →

बलेवा, २७ चैत ,, बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो । आयोजनाको नेपाल विद्युत् प्राधिकरण र धौलागिरि सिभिल इलेक्ट्रिकल मेकानिकल इञ्जियनीयरीङ (धौलागिरि...बाँकी अंश →

डोटी, २७ चैत ,, जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामै पहिलो पटक कारागारमै गएर एक कैदीलाई नेपाली नागरिकता प्रदान गरेको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको केआइसिंह गाउँपालिका ५ बस्ने २१ वर्षीय हरि विकलाई कारागारमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । “म केही दिन...बाँकी अंश →

बेझाड, २७ चैत ,, पाल्पाका अधिकांश स्थानमा चैते धान लगाउने चलन हराइसकेको भए पनि बढ्दो बाँदर आतङ्कका कारण मकैको विकल्पका रुपमा किसानले फेरि यसलाई रोज्न थालेका छन् । धेरै कृषक सुख सुविधा भोगी भइसके । कतिपयले भने सिँचाइ, कामदार अभाव जस्ता कारण चैते धानको खेती गर्न छाडिसके । चैतेक धान लगाउने...बाँकी अंश →

काठमाडौँ, २७ चैत ,, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक...बाँकी अंश →

चिप्लेढुङ्गा, २७ चैत ,,गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताउनुभएको छ । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेको बताउनुभयो ।...बाँकी अंश →

जाजरकोट, २७ चैत ,, दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ,...बाँकी अंश →

गाईघाट, २७ चैत ,,उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महीनाको जेलसजाय फैसला गरेको छ । मङ्गलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुव्र्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका...बाँकी अंश →

काठमाडौँ, २७ चैत ,, शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो । नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ...बाँकी अंश →

वालिङ, चैत २७ ,, स्याङ्जाको वालिङ नगरपालिका र छाता संस्था नेपालबीच मङ्गलबार सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र छाता संस्था नेपालका तर्फबाट अध्यक्ष मेघ आलेबीच सम्झौतामा हस्ताक्षर भएको हो । छाता संस्था नेपालले नगरपालिकामा ७५ बालबालिकालाई छात्रवृत्ति वितरण, ५० घर परिवारलाई आय आर्जनमूलक कार्यक्रमसम्बन्धी सहयोग, दुई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: