०७ चैत २०८२

मुख्य खबर

५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

फिदिम, २२ वैशाख  ,,  पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो । हालसम्मम ५५ हजार ९१५ ले उक्त परिचयपत्र लिइसकेका र...बाँकी अंश →


थप हवाई आक्रमण गर्न नेतान्याहुको आदेश

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिनु भएको छ । गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ । गाजा पट्टिमा रहेका आतङ्ककारी तत्व भीषण रुपमा हवाई आक्रमण गर्नको लागि नेतान्याहुले मन्त्री मण्डलको छलफलको शुरुमा नै बताउनु...बाँकी अंश →


सांसदको गुनासो ः कर्णालीको नुन र चामल बाटामै बेचिन्छ

काठमाडौँ, २२ वैशाख ,,  राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नुन बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा...बाँकी अंश →


धनगढी विमानस्थलमा हवाई सेवा बन्द

सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आजबाट एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताउनुभयो । एक हजार ८०० मिटर लामो र...बाँकी अंश →


ललितपुरमा रिजर्भ ट्यांकी बनाइने

ललितपुर, २२ वैशाख ,, ललितपुर महानगरपालिकाले आगलागीबाट हुने आपत्कालीन अवस्था टार्न वडा नं १२ मङ्गलबजारको पर्यटक शौचालय क्षेत्र नजीकै पानी जम्मा गर्ने (रिजर्भ टयांकी) निर्माण गर्ने भएको छ । उक्त ट्यांकीबाट काठमाडौँ उपत्यकाभरका जनताले आपत्कालीन अवस्थामा पानीको उपभोग गर्ने सुविधा पाउनेछन् । महानगरपालिकाले विपत् व्यवस्थापन कोषमा छुट्टाएको रु १० करोडमध्ये...बाँकी अंश →


भाजपा नेताको हत्या

श्रीनगर, भारत नियन्त्रित काश्मिर, २२ वैशाख ,,  अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उहाँमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या...बाँकी अंश →


एउटै खोलाबाट पाँच लघुजलविद्युत्

रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ । गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो ।...बाँकी अंश →


जीवनस्तर सुधार्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

दाङ, २२ वैशाख  ,,  मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएपछि दुर्गम बस्तीका जनता लाभान्वित हुन थालेका छन् । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका जिल्लाका तीन गाउँपालिकाले सो कार्यक्रमलाई स्थानीयवासीको जीवनस्तर सुधार्ने माध्यम बनाउन थालेका छन् । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको सो कार्यक्रमअन्तर्गत जिल्लाका...बाँकी अंश →


लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त...बाँकी अंश →


नीति तथा कार्यक्रममाथि संशोधन पेश

काठमाडौँ, २२ वैशाख  ,, प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई...बाँकी अंश →


फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

खुलान, बङ्गलादेश, २२ वैशाख ,,  बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस अाँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी...बाँकी अंश →


सुरक्षा कारबाहीमा ५२ लडाकू मारिए

काबुल, २२ वैशाख  ,, अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्, अफगानी सेनाको तीन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter