०७ चैत २०८२

मुख्य खबर

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन, १९ जेठ ,,  नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने...बाँकी अंश →


अध्यक्ष दाहालद्वारा मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह

काठमाडौँ, १९ जेठ ,,  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको...बाँकी अंश →


तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री बाँस्कोटा

सिन्धुली, १९ जेठ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेको बजेटले नेपालीको...बाँकी अंश →


हुलाकी राजमार्गः प्रभावकारी कार्यान्वयन होस्

काठमाडौँ, १९ जेठ,, तराई–मधेशको आर्थिक विकास र सहज यातायातका लागि अगाडि सारिएको हुलाकी सडकको निर्माणकार्य प्रभावकारी हुन नसक्दा यसबाट अपेक्षित लाभ लिनसकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण आयोजनाले गति लिन नसक्दा यसले सरकारलाई मात्रै होइन, स्थानीयवासीलाई समेत आहत तुल्याएको हो । हुलाकी सडकको निर्माण कार्यलाई छिटो, छरितो र...बाँकी अंश →


नताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्छः मन्त्री अर्याल

इलाम, १९ जेठ,,  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएको हुँदा अब अनलाइन प्रणालीबाट काम शुरु गर्नुपर्छ ।”...बाँकी अंश →


पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्न आग्रह

विराटनगर, १८ जेठ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै...बाँकी अंश →


जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित

काठमाडौँ, जेठ १८ ,,  जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित बन्ने गरेको एक अध्ययनले देखाएको छ । दैलेख जिल्लाका केही गाउँहरुमा गरिएको कार्यमूलक अनुसन्धानका नतीजाहरुमा आधारित अध्ययनमा जलवायु परिवर्तनबाट सिर्जित समस्याको पहिलो प्रभाव महिलाले भोग्नु परेको आज यहाँ आयोजित अन्तक्र्रियामा प्रकाश पारियो । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा...बाँकी अंश →


संविधानको मर्मलाई आत्मसात् गर्नुपर्छ ,, सभामुख महरा

काठमाडौँ, १८ जेठ ,,  सभामुख कृष्णबहादुर महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई पनि सोही अनुरुप हल गर्नुपर्नेमा उहाँको जोड थियो । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को अन्तरवस्तुबारे...बाँकी अंश →


‘पार्टी विधानअनुसार चल्न सकेन

काठमाडौँ, १८ जेठ,,  नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् । काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →


सङ्घीयताको सफल कार्यान्वयन प्रदेश नं २ ले गर्छ : मन्त्री बाँस्कोटा

बर्दिवास, १८ जेठ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति...बाँकी अंश →


जनतासँग सम्बन्ध सुधार नगरे पार्टी झन् कमजोर : नेता सिंह

काठमाडौँ, १८ वैशाख ,,  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउनुभएको छ । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उहाँले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताउनुभयो । “अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले...बाँकी अंश →


प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेशन

काठमाडौँ, १६ जेठ,,  वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिनुभयो । “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उहाँले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter