०७ चैत २०८२

मुख्य खबर

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

सेन्ट पिटस्बर्ग, २४ जेठ  चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको...बाँकी अंश →


भुम्लुमा स्थानीय पाठ्यक्रममा शिक्षण

काभ्रेपलाञ्चोक, २४ जेठ  भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ । भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्लुको परिचय समेटिएको पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा...बाँकी अंश →


नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन

पन्देही, २४ जेठ  प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु...बाँकी अंश →


काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत

काठमाडौँ, २४ जेठ  काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम...बाँकी अंश →


प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल शनिबार

काठमाडौँ, २४ जेठ  प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् । पुलिसले...बाँकी अंश →


तातोपानीको रेन्बो ट्राउट व्यवसाय

गलेश्वर, २४ जेठ  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो ।...बाँकी अंश →


जनचासोका विषयमा कलम चलाउनुहोस् ः मन्त्री बाँस्कोटा

तुलसीपुर, २४ जेठ  ,,  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र...बाँकी अंश →


शहीदको नाममा छात्रवृत्ति प्रदान

भक्तपुर, २४ जेठ   ,,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ । आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल उपलब्धिको सम्भावना नै सम्भावना बोकेको देश...बाँकी अंश →


बर्दियामा तीन घाइते र झण्डै चार दर्जन घरमा क्षति

राजापुर, २४ जेठ   ,,  बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण...बाँकी अंश →


हाजी हरुलाइ दुखदिने काम नगरौ

हज समितिलाइ मेरो आग्रह छ तपाइ हरुले के कारण को लागी पुन हजयात्री हरु सङ्ग पाच हजार माग्नु भएको हो त्यो प्रष्ट पार्नु पर्थ्यो। अहिले सम्म हाजी हरुले बुझाएको पैसा कहा कहा खर्च भयो त्यो सहितको परिपत्र किन गरिएन? के आधार ले हाजी हरुले पैसा जम्मा गर्ने। नेपाल सरकार बाट...बाँकी अंश →


प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ । नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो । शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख प्रतिभा जिसीले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बमोजिम मोटरमार्ग, नाला, सिँढी,...बाँकी अंश →


राष्ट्रपतिको नेपालगञ्ज भ्रमणः सद्भाव र एकताको सन्देश

सद्भावको शहर नेपालगञ्जमा एउटा समुदायको चाडपर्वमा अर्को समुदायका व्यक्तिको जमघट हुन्छ । मुसलमानको चाडपर्वमा हिन्दू र हिन्दूको चाडपर्वमा मुसलमान सहभागी हुन्छन् । यो नेपालगञ्जको अत्यन्तै सद्भावपूर्ण धार्मिक संस्कार हो । दशैँतिहारजस्ता चाडपर्वमा मुसलमानहरु टीका थाप्न हिन्दूका घरमा पुग्छन् भने मुसलमान समुदायको चाडपर्वमा हिन्दू सहभागी भई शुभकामना आदानप्रदान गर्ने गर्छन् ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter