
काठमाडौँ, २६ जेठ ,, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ...बाँकी अंश →

बैतडी, २६ जेठ ,, शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन...बाँकी अंश →

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।बाँकी अंश →

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो । डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय...बाँकी अंश →

जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले रासायनिक विषादीको प्रयोग भने व्यवस्थित गर्न सकेका छैनन् । छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी विषादीको प्रयोग गरेका छन् । जलजला–८ फर्सेका अगुवा किसान...बाँकी अंश →

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन...बाँकी अंश →

लण्डन, २४ जेठ ,, बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा...बाँकी अंश →

लहान, २४ जेठ ,, लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ...बाँकी अंश →

बेइजिङ, २४ जेठ ,, चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ । चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतबारसम्म पनि हुनेछ । प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको...बाँकी अंश →

काबुल, २४ जेठ ,, अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन...बाँकी अंश →

काठमाडौँ, २४ जेठ ,, नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो । हावाहुरीका...बाँकी अंश →

अमरगढी, २४ जेठ ,, अमरगढी नगरपालिकाले पानीको मुहान नजीकै डम्पिङ साइट बनाएपछि स्थानीय बासिन्दले विरोधमा उत्रिएका छन् । वडा नं ७ को कुयलीमा रहेको गुनेइगाड नजीकै डम्पिङ साइट बनाएर फोहर फाल्न थालिएकाले उनीहरूले विरोध जनाएका हुन् । स्थानीय बासिन्दाको जमीन भाडामा लिई नगरपालिकाले बजारको फोहर फाल्न थालेकाले खोलाको पानी र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: