
खोटाङ, २७ जेठ ,, पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो आयोजना शुरु गरिएको होे । कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण...बाँकी अंश →

म्याग्दी, २७ जेठ ,, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र...बाँकी अंश →

लेगोस, २७ जेठ ,, नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन (एनयूटी) का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताउनुभयो । उहाँले...बाँकी अंश →

लहान, २७ जेठ ,, सिरहाको मिर्चैया नगरपालिका–६ स्थित आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा निकास नदिँदा सो विद्यालयका करीब एक सयभन्दा बढी दलित विद्यार्थी हालसम्म छात्रवृत्तिबाट वञ्चित भएका हुन् । गत वर्ष २०७४ चैत महीनायता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेको उक्त...बाँकी अंश →

नेपालगञ्ज, २७ जेठ ,, नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ । महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको...बाँकी अंश →

चितवन, २७ जेठ ,, डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र...बाँकी अंश →

बाजुरा, २७ जेठ ,, जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् । नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड...बाँकी अंश →

मुग्लिन, २७ जेठ ,, चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।...बाँकी अंश →

रुकुमपश्चिम, २७ जेठ ,, मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई यौनका...बाँकी अंश →
चितवन, २७ जेठ ,, पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित...बाँकी अंश →

भीमदत्तनगर, २७ जेठ ,, तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । “जिल्लाभर रहेका...बाँकी अंश →

नेपालगञ्ज (बाँके), २६ जेठ ,, प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: